बेनी नगरपालिकाको स्थापना र रेडक्रस दिवसको अवसरमा रक्तदान

Gandaki Kotihome

बेनी, । म्याग्दीको बेनी नगरपालिकाको स्थापना र विश्व रेडक्रस दिवसको अवसरमा बिहिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Annapurna aarohan ko notice

बेनीको जिल्ला प्रशासन कार्यालय अगाडीको चौतारीमा आयोजना गरिएको कार्यक्रममा २० जनाले रक्तदान गर्नुभएको छ । रेडक्रस सोसाइटीद्धारा सञ्चालित रक्तसञ्चार गृहको प्राविधिक सहयोगमा बेनी अस्पतालमा उपचारका लागि आउने बिरामीहरुका लागि आवश्यक पर्ने रगत आपुर्तिका लागि कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नगर प्रमुख सुरत केसी, वडा अध्यक्षहरु रमेश श्रेष्ठ, उत्तम कर्माचार्य, कृष्णसिंह बानिया, कार्यपालिका सदस्य सृजना श्रेष्ठ, मनकुमारी विश्वकर्मा, वडा सदस्य सोहन श्रेष्ठ, प्रशासकीय अधिकृत युवराज थापा लगायतको सहभागिता थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...