मुक्तिमार्ग माविमा बरुवाल परिवारको रु. दश लाखको अक्षयकोष

Gandaki Kotihome

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा रहेको मुक्तिमार्ग माविमा एक परिवारले रु. दश लाख बढीको अक्षयकोष स्थापना गरेका छन् ।

घार जन्मथलो भई हाल पोखरा बसोबास गर्नुहुने कुलबहादुर बरुवाल ८४ वर्ष पुरा भएको अवसरमा छोरा शिवकुमार र बुहारी ज्ञानु बरुवालले सोमबार रु. दश लाख आठ हजार चार सय ८४ हस्तान्तरण गर्नुभएको हो ।

Annapurna aarohan ko notice

गत चैत ३० गते कुलबहादुरको चौरासी पुजाको अवसरमा बरुवाल दम्पत्तीले घोषणा गर्नुभएको ‘कुलबहादुर÷ स्व. मनकुमारी’ अक्षयकोषका लागि विद्यालयमै आएर नगद उपलब्ध हस्तान्तरण गर्नुभएको मुक्तिमार्ग माविका प्रअ ठगराज बरुवालले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

कोषको ब्याजबाट मुक्तिमार्ग मावि र छिमेकी भुवानी आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति दिइने भएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, वडा अध्यक्ष रामबहादुर खड्का लगायत जनप्रतिनिधी, अभिभावक, व्यवस्थापन समितिका पदाधीकारी र शिक्षकहरुको उपस्थितिमा भएको कार्यक्रममा बरुवाल परिवारले रकम हस्तान्तरण गर्नुभएको हो । मुक्तिमार्गका अध्यक्ष ठाकुरप्रसाद बरुवाल र भुवानी आधारभूतको व्यवस्थापन समिति अध्यक्ष डिलबहादुर बरुवाल पनि कार्यक्रममा सहभागि हुनुहुन्थ्यो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...