
काठमाडौ, । उर्जा, जलस्रोत तथा सिँचाई राज्यमन्त्री खमबहादुर गर्बुजाले आइतबार पदबहाली गर्नुभएको छ ।
राज्यमन्त्री गर्बुजाले प्रधानमन्त्री केपी शर्मा ओलीबाट शपथग्रहण गरेपछि सिंहदरवारस्थित उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । पदबहालीपछि सञ्चारकर्मीसँग सङक्षिप्त कुराकानी गर्दै उहाँले देश र जनताका पक्षमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले मन्त्रालयलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गर्बुजालाई प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते राज्यमन्त्री पदमा नियुक्त गर्नुभएको थियो ।

पदबहाली गर्न मन्त्रालयमा पुगेका गर्बुजालाई उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्का, मन्त्रालयका सचिव र कर्मचारीहरुले स्वागत गरेका । गर्बुजालाई बधाई दिन म्याग्दीबाट नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु काठमाडौ गएका छन् ।
