करिब नौ सय जनाको आँखा परिक्षण

Gandaki Kotihome

बेनी, ः म्याग्दीको ग्रामिण क्षेत्रमा सञ्चालन भएको निशूल्क आँखा शिविरबाट करिब नौ सय जना लाभान्वित भएका छन् ।

धवलागिरी गाउँपालिकाको चार ठाउँ र बेनी नगरपालिका –६ अर्थुुङ्गेमा सञ्चालन भएको शिविरमा पहिचान भएका मोतियाबिन्दुका बिरामीको शल्यक्रियाका लागि सोमबारदेखि मालिका गाउँपालिका–६ दरवाङमा शिविर आयोजना गरिएको छ ।

धवलागिरी गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल नेत्रज्योती संघ म्याग्दीले सञ्चालन गरेको आँखा उपचार मल्कवाङ, मराङ, मुना र धारापानीमा आयोजना गरेको आँखा परिक्षण परिक्षण शिविरमा छ सय ६९ जनाको परिक्षण गरिएकोमा ३० जना मोतियाबिन्दुका बिरामी पहिचान भएका संघका सचिव राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

यसैगरी अर्थुङ्गेमा दुई सय जनाको आँखा परिक्षण गरिएकोमा दुई जना मोतियाबिन्दुुका बिरामी पहिचान भएका छन् । शिविरमा केन्द्रका बरिष्ठ नेत्र सहायक दिनेश बानिया नेतृत्वको स्वास्थ्यकर्मी टोलीले आँखा परिक्षण, परामर्श, चश्मा वितरण सम्बन्धी सेवा दिनुुभएको थियो ।

पहिचान भएका मोतियाबिन्दुुका बिरामीहरुको शल्यक्रियाका लागि हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक, मालिका गाउँपालिका र पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सोमबारदेखि दरवाङमा शुुरु हुने शिविरको तयारी पुरा भएको छ ।

आँखा उपचार केन्द्र दरवाङले पनि शिविरमा सघाएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा आँखा परिक्षण र उपचार सम्बन्धी सेवा पनि दिइने नेत्रज्योती संघ म्याग्दीका सभापति अमर बानियाले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...