म्याग्दीका पत्रकारलाई दुर्घटना बिमा

Shreekrishna hardware

बेनी । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि रु. दश लाख बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशिल २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याम खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गर्नुभयो ।

म्याग्दीका तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बीमा गरिएको छ । दुर्घटना बिमाका लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरिएको छ । यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि रु. दश लाखसम्म र घाइते भएमा उपचारका लागि रु. एक लाख सम्मको लाभ प्रदान गरिनेछ ।

Shreekrishna
Ban devision notice

यसैबीच मृगौला रोगबाट ग्रसित म्याग्दीकाली एफएमका कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लिला पुनको उपचारका लागि पत्रकार महासंघको आपतकालिन कोषबाट रु. ३२ हजार पाँच सय सहयोग हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुका साथै परिवारका सदस्य वा कुनै समस्या परेमा कोषमार्फत सहयोग गर्ने छ । बि.स २०८१ साल मंसिर २८ गते निर्वाचित नयाँ कार्यसमितिले हालसम्म नयाँ पत्रकार उत्पादन र पत्रकारिता क्षेत्रको क्षमता विकासका लागि पत्रकारिता पाठशालामार्फत तालिम, सूचना तथा प्रसार विभागबाट प्रेस कार्ड सहित घुम्ती शिविर, स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता, हिमाली जिल्ला अन्तरगत म्याग्दीका सञ्चारमाध्यमहरुलाई सुविधाको माग सहित विभिन्न कार्यक्रमहरु गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...