धौलागिरि चढ्न आरोही आधार शिविर पुगे

Gandaki Kotihome

बेनी, चालु बसन्त याममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण टोली आधार शिविर पुगेको छ । संसारको सातौ आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिकाको वडा नं.–४ मा रहेको छ ।

धौलागिरि हिमालको तेस्रो आधार शिविरमा पुगेको आरोहण टोलीका प्रमुख लाक्पा शेर्पाले बाटो बनाउने र रोप फिक्सिङ (डोरी टाग्ने) काममा जुटेको सामाजिक सञ्जाल ‘फेसबुक पेज’ मार्फत जानकारी गराउनु भएको छ ।

“म सहित छ जना शेर्पाहरुको टोली बाटो बनाउदै समुन्द्रि सतहदेखि सात हजार एक सय मिटर उचाईमा रहेको तेस्रो आधार शिविर पुगेका छौ,” उहाँले भन्नुभयो “मौसमले साथ दिएमा एक दुई÷दुई दिनमा बाटो बनाएर आरोहीलाई चुचुरोमा पु¥याउछौ ।”

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

सेभेन समिट ट्रेक र १४ प्रिक्स एक्सीडिसन मार्फत पर्वतारोहीहरुले धौलागिरी चढ्न लागेका हुन् । पर्यटन विभागका अनुसार बसन्त याममा धौलागिरि आरोहण गर्न दुई समूहका छ जना महिला र नौ जना पुरुषहरुले अनुमति लिएका छन् ।

गत शरदयाममा एक वटा समूहका १४ जना पुरुष पर्वतारोहीहरुले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । लाक्पाको नेतृत्वमा तारामान तामाङ, प्रेम दोर्जे शेर्पा, पुर्व कुसाङ गुरुङ, पासाङ नर्वु शेर्पा र पेम्बा चुम्बी शेर्पाको टोली धौलागिरिको तेस्रो आधार शिविर पुगेको छ ।

छिनछिनमा परिवर्तन हुने मौसम आरोहणका लागि चुनौति बनेको छ । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...