ताकमबाट चलचित्र ‘माइतिघर’को छायांकन शुरु

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

गोपाल आचार्य
ताकम, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमबाट बिहिबारदेखि चलचित्र ‘माइतीघर’को छायांकन सुरु भएको छ । स्थानीय गणेश मन्दिरमा शुभसाइत पूजाआजा गर्दै छायांकन सुरु गरिएको हो ।

छायांकन थलो धौलागिरी गाउँपालिका ७ मा पर्ने सो मन्दिरमा स्थानीय जनप्रतिनिधिको उपस्थितीमा ‘कास्ट एन्ड क्रू’ ले मुहूर्त पूजा गरे । ४० दिनको छायांकन सेड्युलअन्तर्गत २० दिन ताकम र धारापानी गाउँमा छायांकन हुनेछ भने दरबाङ र तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुने निर्माता रोहित अधिकारीले बताउनुभयो ।

पहिलोपटक गाउँमा फिल्म छायांकन हुन लागेको र आफूहरू खुसी भएको धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । ‘रुकुम मैकोटले जसरी रुकुमको पर्यटन प्रवर्धन भयो, यसैगरि यो फिल्मले हाम्रो गाउँपालिकाको पर्यटन प्रवर्धन हुने आशा लिएका छौं’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

छायांकनको लागि गाउँपालिकाले सुरक्षा र व्यवस्थापनमा सघाउने पुनले जनाउनुभयो । ‘फिल्मकै कारण आन्तरिक र बाह्य पर्यटक आउने हाम्रो आशा छ । छायांकनको लागि हामीले सहयोगको प्रतिबद्धता पनि जनाएका छौं’ पुनले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष पुनले क्ल्याप र वडाध्यक्ष अशोक खत्रीले नरिवल फोडेर छायांकन शुभारम्भ गर्नुभयो । गुर्जा हिमश्रृंखलाको मनमोहक दृश्य देखिने ताकम क्षेत्र पश्चिम म्याग्दीको प्रसिद्ध पर्यटकीय थलो हो । उचित प्रसारप्रसार हुन सके फिल्म पर्यटन मौलाउने आशा स्थानीय जनप्रतिनिधिको छ ।

फिल्मको टोलीलाई ताकमका स्थानीयले गाजाबाजा र नाचगानसहित स्वागत गरे । यसअघि छ माया छपक्कै, गाजलु र फर्की फर्कीजस्ता हिट फिल्म निर्माण गरेका अधिकारीको यो चौंथो प्रोेजेक्ट हो । यो फिल्ममा धीरज मगर, केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर बाङ्देल लगायतको अभिनय छ ।

मिलन तामाङले निर्देशन गर्ने यो फिल्मको छायांकन सुसन प्रजापतिले गर्नेछन् । रोहित अधिकारी फिल्म्सको प्रस्तुतिमा यो फिल्मको निर्मातामा रोहित अधिकारी, रविन शेरचन र धीरज तामाङ छन् । कार्यकारी निर्मातामा इश्वर श्रेष्ठ र नीरज कटुवाल छन् । प्रदर्शन मिति दशैंको फूलपातिलाई तय गरिएको छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...