सुर्यबहादुर थापा म्याग्दी प्रहरीको कमाण्ड समाल्न आउदै, श्रेष्ठ इन्टरपोलमा सरुवा

Gandaki Kotihome

बेनी, १६ वैशाख । नेपाल प्रहरीले प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीको नेतृत्व समाल्न खटाएको छ ।

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थापालाई म्याग्दीमा सरुवा गरेको हो । म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठको प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, इन्टरपोल शाखामा सरुवा भएको छ ।

Annapurna aarohan ko notice

म्याग्दीमा श्रेष्ठको एक वर्षे कार्यकाललाई अपराध नियन्त्रण र अनुसन्धानका लागि सन्तोषजनक मानिएको छ । मिना परियारलाई वेपत्ता बनाई हत्या गर्ने र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा मुछिएको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको अपचलन सम्बन्धी मुद्दाको अनुसन्धान श्रेष्ठको कार्यकालमा भएको छ ।

Upper Myagdi transmition line notice

मिना परियारको हत्या र कुमारी सहकारी अपचलन मुद्दाका अधिकांश आरोपीहरु पक्राउ परेका छन् । म्याग्दी आउन आग्नुभएका थापाले बाजुराको निर्वाचन सम्पन्न गराउन त्यहाँको प्रहरीको कमाण्ड समाल्नु भएको थियो । अपराध अनुसन्धानका विषयमा विदेशमा पनि गएर तालिम गर्नुभएका थापाले प्रहरी वृत्तमा अनुभवी प्रहरी अधिकृतका छवी बनाउनुभएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...