प्रसवपछिको गम्भीर अवस्थाबाट आमा र नवजात शिशुको ज्यान जोगियो

Gandaki Kotihome

जोमसोम, । प्रादेशिक अस्पताल जोमसोममा प्रसवपछिको गम्भिर अवस्थाकी आमा र नवजात शिशूको उपचार गरिएको छ ।

वैशाख ६ गते राती १ बजे घरमै सुत्केरी भएकी लोमान्थाङकी ३० वर्षीया महिलाको १९ घण्टासम्म साल ननिस्कीदा अत्याधिक रक्तश्राव भएको थियो । आइतबार साँझ ६ बजे जोमसोम अस्पताल आएकी सुत्केरीमा प्रसवपश्चात नाल ननिस्किँदा ज्यान जोखिममा परेको थियो ।
याकको रौबाँट बनाइएको धागो र घरेलु चक्कुको प्रयोग गरी नवजात शिशूको गर्भनाल काटिएको थियो । चिकित्सकीय दृष्टिले जोखिमपूर्ण भएपनि यो तत्कालका लागि विकल्पहीन उपाय थियो ।

आमाले स्तनपान गराउन नसकेपछि स्थानीय महिलाहरुले तताएको घिउ खुवाए र शिशू रातभर शान्त भएर सुतेका थिए । अस्पताल ल्याउने क्रममा पनि ओटको पिठोमा घिउ मिसाएर खुवाइएको थियो ।

Shreekrishna hardwear in news

नवजात शिशूलाई आमाको पोषिलो दूध नखुवाउदा डिहाइड्रेशन (शरीरमा पानीको कमी) र हाइपोग्लाइसेमिया (रगतमा चिनीको अत्याधिक कमी) हुने समस्या हुन्छ । तर ती शिशूको स्वास्थ्य सामान्य छ । आमा भने हाइपोभोलिमिक शोकमा अर्धचेत अवस्थामा अस्पताल आइपुगेकी थिइन् । जाँच गर्दा गर्भाशयमा चिप्किएको नाल र गर्भाशयमा मुखमा चिरा भेटिएको थियो ।

प्रादेशिक अस्पताल जोमसोमका चिकित्सक डा. विशाल सापकोटाको नेतृत्वमा डा. समिक्षा कडेल, डा. विसर्जन नेपाली, डा. अशोक चपाई, एनेस्थेसिया सहायक बालकुमारी राना, स्टाफ नर्स दिव्या जिसी, सुधा पौडेल, संगिता थापा र स्वास्थ्य सहायक कुशल नेपालीको टोलीले सुत्केरीको उपचार गर्नुभएको थियो ।

चिकित्सक र स्वास्थ्यकर्मीहरुले सावधानीपूर्वक ‘स्लाइड र स्वाइप’ म्यानुभर अनपाउदै गर्भाशयबाट नाल निकाल्नुभएको थियो । तीन घण्टा लगाएर राती नौ बजेसम्म उपचार गरिएको थियो । सुत्केरीको शरिरमा रगतको मात्रा कम भएपछि तुरुन्तै रक्तदान गरेर दुई पिन्ट ए पल्स रगत जुटाएर राती तीन बजेसम्म रगत चढाइएको थियो ।

Notice about ban dadalo

ल्याब टेक्निसियन अनिता थापा, रक्तदाता अस्पताल फार्मेसी सहायक दिपककुमार खत्री र अस्पतालका नेत्र सहायक विज्ञान श्रेष्ठले रगत व्यवस्थापनमा सहयोग गर्नुभएको थियो । तत्काल रगत दिने व्यक्ति सधै उपलब्ध नहुने भएकाले मुस्ताङमा रक्तसञ्चार गृहको आवश्यकता छ ।

आमाको अवस्था स्थिर र नवजात शिशूको अवस्था सामान्य रहेको डा. सापकोटाले बताउनुभयो । “रातको अत्यन्त संवेदनशिल समयमा सही निर्णय र समन्वयले दुईवटा जीवन बचाउन सक्यौ,” सापकोटाले भन्नुभयो “त्यो रात हामी कहिल्यै बिर्सन सक्दैनौ ।” नान ननिस्कीने समस्या प्रसुति गृह नभएका ग्रामिण क्षेत्रमा सुत्केरीको मृत्युको प्रमुख कारण हो । हातले नाल निकाल्ने प्रक्रीया अत्यन्त संवेदनशिल हो । यसका लागि दक्ष चिकित्सकको आवश्यक पर्छ । यस्ता दुर्गम क्षेत्रमा एक सेकेण्डको ढिलाई पनि जिवन–मृत्युको सवाल बन्न सक्छ ।

यो घटनाले सुरक्षित प्रसुति, दक्ष जनशक्ति, समयमै उपचार र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँचको आवश्यकता प्रष्ट्याएको छ । अध्याँरो रातमा चिकित्सक र स्वास्थ्यकर्मीहरुको समर्पण, साहास र समुदायको सहयोग तथा विश्वासले दुई जिवनको पुर्नजन्म सम्भव भएको हो ।

प्रादेशिक अस्पताल जोमसोममा हाल हाइड्रोसिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया सेवा उपलब्ध छ । १२ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा पनि उपलब्ध छ । सुविधायुक्त भवन निर्माणमा भएको ढिलाई, जनशक्ति, पूर्वाधार र उपकरणको अभावका बिच प्रादेशिक अस्पताल जोमसोमले प्रशसनीय सेवा दिइरहेको छ ।

स्थानीयबासीले विशेषज्ञ चिकित्सकहरुलाई जिल्लामै स्थायी रुपमा राख्न सम्बन्धीत निकायको ध्यान जानुपर्ने देखिन्छ । साथै अस्पतालमा कार्यरत चिकित्सकहरुलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने मुस्ताङका पाँच वटा स्थानीय तहहरुले गरेको निर्णय कार्यान्वयन नहुँदा निराश भएका छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...