मालिकामा विपन्नको निशूल्क स्वास्थ्य बिमा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको मालिका गाउँपालिकाले गरिब तथा विपन्न नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सवास्थ्य बिमा कार्यक्रम शुरु गरेको छ । आर्थिक अवस्था कमजोर गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउन पालिकाले निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरेको हो ।

गरिब तथा विपन्न, दलित र महिला स्वयंसेविकाहरुको निशूल्क स्वास्थ्य बिमा गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख सन्तु कार्कीले जानकारी दिनुभयो । “आठ सय ५७ विपन्न परिवार पहिचान भएका मध्य हालसम्म चार सय ८७ घरपरिवारले स्वास्थ्य बिमामा आवद्ध भएका छन्,” उहाँले भन्नुभयो “सात वटा वडामा कार्यरत ५४ जना महिला स्वास्थ्य स्वमसेविकाहरुको पनि स्वास्थ्य बिमा गरिएको छ ।”

स्वास्थ्य बिमामा आवद्ध हुनेहरुको संख्या बढ्ने क्रममा रहेको स्वास्थ्य शाखा प्रमुख कार्कीले बताउनुभयो । स्वास्थ्य बिमाका लागि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. ३३ लाख बिनियोजन गरेको छ । बिमा सहजकर्ताहरुले लाभग्राहीको बिमा गराएपछि स्वास्थ्य बिमा कोषलाई भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ ।

Shreekrishna

घरधुरी सर्वेक्षण गरेर विपन्न लाभग्राहीहरु पहिचान गरिएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताउनुभयो । “आर्थिक अवस्था कमजोर भएका कारण गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भनेर स्वास्थ्य बिमा गर्न थालेका हौ,” उहाँले भन्नुभयो “यस कार्यक्रमबाट विपन्नको उपचारमा पहुँच बढ्ने र स्वास्थ्यमा सुधार आउने अपेक्षा गरेका छौ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पाँच जना सदस्य भएको एउटा परिवारले वार्षिक रु. तीन हजार पाँच सय शूल्क तिरेपछि एक वर्षभित्र सूचिकृत स्वास्थ्य संस्थाबाट रु. एक लाख बराबरको स्वास्थ्य उपचार तथा औषधी निशूल्क पाउँछन् । मालिका गाउँपालिकाले सञ्चालन गरेको दरवाङ आधारभूत अस्पताल स्वास्थ्य बिमा कार्यक्रममा सूचिकृत प्राथमिक स्वास्थ्य संस्था हो । म्याग्दीमा प्रादेशिक बेनी अस्पताल पनि स्वास्थ्य बिमा कार्यक्रममा सूचिकृत छ ।

पाँच जना भन्दा बढी सदस्य रहेका साधरण परिवारको हकमा प्रति सदस्य थप रु सात सय योगदान रकम बुझाउनु पर्नेछ र सेवामा थप प्रति सदस्य थप रु. २० हजार का दरले थप्दै प्रति वर्ष अधिकतम रु. दुई लाख सम्मको सेवा पाउनेछ ।

एक्स–रे, इसिजी, अल्ट्रासाउण्ड, एम.आर.आई, सिटी स्क्यान, रगतको परिक्षण, साना–ठूला शल्यक्रियाहरु र तोकेको मूल्यमा चश्मा, श्रवणयन्त्र, सेता छडी, वैशाखी लगायतका सेवाहरु बिमा कार्यक्रमबाट पाइन्छ । त्यस्तै, स्वास्थ्य विमा बोर्डले तोकेको सूचिकृत औषधि निःशूल्क प्राप्त गर्न सक्नेछन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...