५० शैया क्षमताको बेनी अस्पतालको भवन निर्माण अन्तिम चरणमा

Gandaki Kotihome

बेनी, प्रदेश अस्पताल बेनीको बेनीमा ५० शैया क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । ठेक्काको म्याद सकिएको पाँच वर्ष छ महिना ढिला गरि भवन सम्पन्न हुने चरणमा पुगेको हो ।

अन्तिम पाँचौं पटक थपिएको म्याद यही चैत मसान्तमा सकिँदै छ । अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभी र सहरी विकास तथा भवन आयोजना बागलुङसँग २०७३ मङसिर २१ गते सम्झौता भएको थियो ।

रु. १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता भएको योजना लक्ष्य अनुसार २०७६ मंसिर २० गते सम्पन्न हुनुपर्ने थियो । आयोजनाका इन्जिनियर विरबल सुनारले भवन निर्माणको ९५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

भवनको रङरोगनको काम पनि अन्तिम चरणमा पुगेको छ । भवन देखि वाहिर पाँचसय मिटर रिङरोड कालोपत्रे काम मात्र बाँकी छ । “चैत महिनाभित्र निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गरेका छौं,” ईञ्जिनियर सुनारले भन्नुभयो “केही कामहरु बाँकी रहे बैशाख १५ भित्र जसरी पनि निर्माण गर्ने लक्ष्य छ ।’’

चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा निर्माण गरिएको चार तले तीन वटा भवनको भित्री भाग पलास्टर र रङरोगन गर्न, विद्युत, पानी जडान गर्न, झ्यालढोका र टायल राख्ने काम धमाधम भैरहेको छ ।

सुविधा सम्पन्न भवन निर्माण भएपछि बिरामीको उपचार सहज हुने अपेक्षा गरिएको छ । वि.स. २०७२ मा सरकारले बेनी अस्पताललाई १५ बाट ५० शैयामा स्तरोन्नति गरेको थियो । ५० शैयाको क्षमता भएपनि जनशक्ति र पूर्वाधार तथा उपकरण भने १५ शैयाकै छ ।

भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङमैत्री छ । भवनको भुइँतलामा लोन्डरी, मोर्टुअरी, किचन, पहिलो तलामा इमरजेन्सी, ल्याब, रेडियोलोजी, पहिलो तलामा अपरेसन थियटर, बहिरङ्ग सेवा र अन्तिम तलामा प्रशासन रहने जनाइएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...