दरवाङमा दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिता शुरु

Gandaki Kotihome

दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मङलवारदेखि रु. एक लाख ५० हजार पुरस्कार राशीको दोस्रो ‘जेपिसी’ कप फुटबल प्रतियोगिता शुरु भएको छ ।

दरवाङमा रहेको जनप्रिय माविको भूतपुर्व विद्यार्थी क्लवले नववर्ष २०८२ को अवसरमा आयोजना गरेको प्रतियोगिताको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभयो ।

Notice about ban dadalo

वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २५ समूहले सहभागिता जनाएका क्लवका अध्यक्ष कुशल घर्तिले जानकारी दिनुभयो । उद्घाटन खेलमा मालिका गाउँपालिका–५ रुम्माले आयोजकको ‘सि’ समुहलाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको छ ।

Shreekrishna hardwear in news

पहिलो दिनको दोस्रो खेलमा बेनी नगरपालिका–४ तातोपानीले मालिका गाउँपालिका–५ पन्थोकलाई शून्यका विरुद्ध एक र तेस्रो खेलमा आयोजकको ‘डि’ समूहलाई मालिका गाउँपालिका–१ निस्कोट बेशीले एक का विरुद्ध ११ गोल गर्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको बिजेता र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्र सहित रु. एक लाख ५० हजार र रु. ८० हजार प्रदान गरिने क्लवले जनाएको छ । अनुशासित र सेमीफाइनलबाट बाहिरिने टिमलाई रु. १०÷१० हजार, उत्कृष्ट खेलाडीलाई रु. छ हजार, उत्कृष्ट गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई रु. पाँच÷पाँच हजार पुरस्कार प्रदान गरिने क्लवले जनाएको छ । उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी घर्तिपुन, वडा अध्यक्ष पथबहादुर रोका लगायतको उपस्थिति थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...