सुशील गर्बुजा हत्या घटनाका सहयोगी नौ जनालाई एक÷एक वर्ष कैद

Gandaki Kotihome

बेनी, ः म्याग्दी जिल्ला अदालतले एक वर्षअघि बेनी बजारमा भएको सुशील गर्बुजा हत्या मुद्दाका सहयोगी नौ जनालाई एक÷एक वर्ष कैद सजायको फैसला गरेको छ ।

न्यायाधिश प्रकाशप्रसाद पण्डीतको चैत १७ गतेको इजलासले छ जनालाई जन्मकैद (जनही २५ वर्षका दरले) सजायको फैसला सुनाउनुका साथै घटनाको सहयोगी ठहरीएका थप नौ जनाको सजाय निर्धारणका लागि यही चैत २७ गते पेशी तोकेको थियो ।

रघुगङ्गा गाउँपालिका–१ बेग घर भई बेनी नगरपालिका–८ पिपलचोक बस्ने २१ वर्षीय गर्बुजाको २०८० माघ ११ गते साँझ बेनी नगरपालिका–८ न्युरोडमा चक्कु प्रहार गरी हत्या भएको थियो ।
२७ गते बुधबारको पेशीबाट तीन जना नावालकलाई नौ÷नौ महिना र १८ वर्ष पुरा भएका छ जनालाई एक÷एक वर्ष कैद सजायका साथै क्षतिपुर्ति भराउने निर्णय भएको म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

उत्सव पुन, सोहन बरुवाल, प्रविन जिसी, सविन राई, सज्जन खत्री, मनिष तिलिजा, ४३ (व), ४३ (त) र ४३ (फ)ले पुर्पक्षका लागि एक वर्ष दुई महिना कारागार तथा सुधार गृहमा बिताएकाले बुधबारनै थुनामुक्त भएका छन् । उच्च अदालतको आदेश र पिडित परिवारको मागदावी भएमा क्षतिपुर्ति वापत जनही रु. २५ हजारका दरले तिर्नुपर्ने निर्णय पनि भएको छ ।

धवलागिरी गाउँपालिका–४ का २३ वर्षीय शंकर घर्ति, २२ वर्षीय अमृत पुर्जा, बेनी नगरपालिका–५ का २४ वर्षीय सफल खत्री, परिवर्तीत नाम ४३ (ध), ४३ (ड) र ४३ (म) बाँकी कैद सजाय भुक्तान गर्न कारागार र सुधारगृहमा छन् । उनिहरुको हकमा जनहरु रु. एक लाखका दरले क्षतिपुर्ति तोकिएको अदालतले जनाएको छ ।

बालबालिका सम्बन्धी कानुनले १४ देखि १६ वर्ष सम्मकालाई आधा र १६ देखि १८ वर्ष सम्मकालाई एक तिहाई सजाय छुट हुने ब्यवस्था गरेको छ । १६ वर्ष भन्दा कम उमेरको भएका कारण ४३ (ध) ले १६ वर्ष १० महिना सात दिन कैद भुक्तान गर्नुपर्नेछ ।

१४ देखि १६ वर्ष उमेर समूहका ४३ (ड) र ४३ (म)ले १२ वर्ष छ महिना सजाय भुक्तान गर्नुपर्नेछ । वि.स. २०८० फागुन १० गते अदालतले शुशिल हत्या मुद्दामा प्रहरीले पक्राउ गरेका १३ जना मध्य आठ जना बयस्कलाई कारागार र पाँच जना नावालकलाई सुधार गृह पठाउन आदेश दिएको थियो । दुई जना आरोपी अझै फरार छन् । जिल्ला सदरमुकाम बेनीमा भएको हत्याको घटनालाई निकै चासोका साथ हेरिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...