गाडीले च्यापीएर एक जनाको ज्यान गयो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिकाको ताकम–मच्छिम–मुना सडक अन्तर्गत उत्तिसिनेमा बिहिबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
सडक छेउमा रोकिराखेको ग १ ज ७०४९ नम्बरको बोलेरो जिपको पछाडीको भागले च्यापिएर धवलागिरी गाउँपालिका–३ मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको घटनास्थलमै मृत्यु भएको घटनास्थलमा रहेका स्थानीयबासीले बताएका छन् । प्रहरीले घटनाको औपचारिक पुष्टि गरेको छैन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको र जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जादै गरेको बताउनुभयो । सडकको छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरिरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मत सम्बन्धी काम गर्नुहुन्थ्यो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...