नदी नियन्त्रणका आठ योजना सञ्चालन

Gandaki Kotihome

बेनी, २५ चैत ः उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय मार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१÷०८२ मा रु. २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ ।

मन्त्रालय अन्तर्गतको सिचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तिह संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख बिदुर श्रेष्ठले तीन वटा सालबसाली योजना निर्माणाधिन र पाँच वटा बहुबर्षीय योजना ठेक्का प्रक्रीयामा रहेका जानकारी दिनुभयो ।

बेनी, सिङा, तातोपानी, दरवाङ स्थिती म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँपालिका स्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तिमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो ।

Upper Myagdi transmition line notice

बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती मावी पछाडी म्याग्दी नदी किनारमा रु. एक करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाई र तीन÷तीन मिटर अग्लो पलम र ग्यावीयन पर्खाल निर्माणको काम भैरहेको आयोजनाका इञ्जिनियर नरजङ गुरुङले बताउनुभयो ।

Annapurna aarohan ko notice

साहाना–बिआरटी जेभीले ठेक्का पाएको यो योजना आगामी जेठ महिनाको २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ता समिति मार्फत मालिका गाउँपालिका–६ दरवाङको म्याग्दी नदी किनारमा रु. ७० लाखको लागतमा कम्पोजित पर्खाल निर्माण भइरहेको छ । रु. ७० लाख बजेट बिनियोजन भएको बेनी नगरपालिका–४ सिंगा र सुर्केमेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्यावीयन पर्खाल निर्माण गर्ने योजना निर्माणाधिन छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, दरवाङ बसपार्क लगायत भौतिक संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजित पर्खाल निर्माणका लागि रु. छ करोड १८ लाख लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रीयामा छ ।

तातोपानी बजार संरक्षणको दोस्रो प्याकेज अन्तर्गत म्याग्दी नदी किनारमा एकसय दुई मिटर कम्पोजिट पर्खाल निर्माणका लागि रु. तीन करोड ८१ लाख लागत अनुमान गरिएको ठेक्का मुल्याङ्कनको अन्तिम चरणमा छ ।

कुश्मा नगरपालिका– ४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेत स्थित कालिगण्डकी नदी किनारमा रु. पाँच करोड लागत अनुमान गरिएको नदी संरक्षण योजना संचालन गरेको छ । यो योजना पनि मुल्याङ्कनको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ । उक्त योजना मार्फत दुवै स्थानमा ४८÷४८ मिटर लम्बाई भएको कम्पोजिट पर्खाल निर्माण गरिने छ ।

बेनीको कालिपुल पारी जलजला गाउँपालिका ३ स्थित कालिगण्डकी नदी किनारमा ८० मिटर कम्पोजिट पर्खाल निर्माण गर्नका लागि रु. दुई करोड ८० लाख लागत अनुमान गरिएको योजना संचालनको तयारी गरिएको आयोजनाले जनाएको छ । आयोजनाले पछिल्लो पाँच वर्षयता बेनी र आसपासको क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...