
बेनी । बेनीमा सोमबार निवृत शिक्षकको भेलाले हरिकृष्ण सुवेदीको अध्यक्षतामा निवृत्त शिक्षक समाज गठन गरेको छ ।

समाजको उपाध्यक्षमा धु्रबलाल शर्मा, महिला उपाध्यक्षमा धनकुमारी थापा, सचिवमा कोमलप्रसाद उपाध्याय र कोषाध्यक्षमा नारायणबहादुर कार्की रहनुभएको छ । सदस्यहरुमा चन्द्रबहादुर घिमिरे, मोतिराज उपाध्याय, मोहन बानिया, इन्द्रा तुलाचन, निलकण्ठ सुवेदी, यामबहादुर खत्री, हरिप्रसाद सुवेदी, शेरबहादुर खड्का, गुप्तबहादुर रोका र भिमप्रसाद गौतम रहनुभएको छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधीमा केशवप्रसाद रेग्मी चयन हुनुभएको र थप एक जना पछि चयन गरिने समाजले जनाएको छ ।
