अन्नपूर्ण हिमालमा हिउँपहिरो जाँदा सेभेन समिटका दुई जना शेर्पा वेपत्ता

Gandaki Kotihome

बेनी, म्याग्दीको अन्नपूर्ण हिमालमा हिउँपहिरोमा परेर दुई जना शेर्पा वेपत्ता भएका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण गर्ने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाँउपालिका–४ को भूगोलमा पर्छ ।

Notice about ban dadalo

क्याम्प दुई र तीनको बीचमा हिउँ पहिरो आउँदा सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा सोमबार बिहान देखि हराइरहेका सेभेट समिट टे«कीङका सञ्चालक निङ्मा शेर्पाले बताउनुभयो । उनिहरु सेभेन समिट मार्फत पर्वतारोहीहरुलाई अन्नपूर्ण हिमाल आरोहण गराउन गएका थिए ।
आधार शिविरमा रहेका अन्य शेर्पाहरु हराएकाको खोजीमा जुटेका र काठमाडौबाट उद्धारको टोलीलाई हेलिकप्टरमा पठाएको सेभेन समिटका सञ्चालक शेर्पाले बताउनुभयो । उद्दारका लागि गएको प्रभु एयरको हेलिकप्टर आधार शिविरमै बसेको छ । पाइलट सोभित गौचनले उडाएको हेलिकप्टरमा म्याग्दी दानाका उद्धारकर्मी इन्द्रसिंह शेरचन पनि आधार शिविर पुग्नु भएको छ । मंगलबार बिहानै देखि खोजी सुरु गरिने शेरचनले बताउनुभयो ।

पर्यटन विभागका अनुसार बसन्तयामका लागि चार समुहका ३० जना पुरुष र १२ जना महिलाले अन्नपूर्ण आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण हिमाल आरोहण अनुमति दिएवापत विभागले रु. एक करोड ४७ लाख नौ हजार चार सय २० शूल्क संकलन भएको छ । अघिल्लो वर्षको वसन्तकालिन यामको आरोहणका लागि २५ जनाले अनुमति लिँदा रु. ५९ लाख ६१ हजार सात सय ८० शूल्क संकलन भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...