दुर्दीमा सिस्नो प्रसोधन गरेर पाउडर बनाउने तालिम

Gandaki Kotihome

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–४, बरंजा स्थित दुर्दीमा सिस्नोको पाउडर बनाउने तालिम सम्पन्न भएको छ ।

वडा कार्यालयको वार्षिक स्वीकृत सीप विकास कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको हो । चार दिनसम्म संचालन भएको तालिममा १५ जना सहभागी भएका थिए । आधारभुत तालिममा सिप सिकेपछि प्रशिक्षार्थीहरुले सिस्नो पाउडर समेत बनाएका छन् ।

Notice about ban dadalo

वडा अध्यक्ष लालबहादुर रोकाले स्थानीयलाई उत्पादन सँग जोड्न वडा कार्यालयले तालिम संचालन गरेको बताउनुभयो । तालिममा सिकेका सिपलाई सदुपयोग गर्न सकेमा जिविको पार्जनमा टेवा पुग्ने उहाँको भनाइ थियो । स्थानीयको आवश्यकता र सम्भावनालाई ध्यानमा राखी वार्षिक कार्यक्रम निर्माण गर्ने साथै सहभागीले स्वीकृत भएको कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरिरहेको बताउनुभयो ।

Shreekrishna hardwear in news

तालिममा बारी, वनपाखामा झाडी बनेको सिस्नुलाई प्रशोधन, पाकेजिङ र लेभेलिङ गरेर बजारीकरण गर्ने सम्बन्धि प्रशिक्षण गराइएको थियो । बिन्दु रोका पुन र दुर्गा नेपालीले तालिममा प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षार्थीहरुले सिस्नोको पाउडर प्रदर्शनी गरेका थिए । गाउँपालिका कृषि विकास शाखाका प्राविधिक तारा बानियाँ (जगत)ले संचालन गर्नुभएको कार्यक्रममा प्रशिक्षक बिन्दु, पुर्व वडा सदस्य सुकमाया विक लगायतले बोल्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस