रोइला कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Gandaki Kotihome

बेनी, । रोइला कप गण्डकी प्रदेश स्तरीय बि लेभल र म्याग्दी जिल्ला स्तरीय सि लेभल ब्याडमिन्टन प्रतियोगिता शनिबार बेनीमा सम्पन्न भएको छ ।

जिल्ला ब्याडमिन्टन संघ म्याग्दी र बेनी नगरपालिका ब्याडमिन्टन संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको बि लेभलमा सरोज गुरुङ र इशान खड्काको जोडी प्रथम भएको छ ।

त्यसैगरी प्रवेश मगर र बिमल कुमाल द्धितिय, नबिन बुढा, दिलेन्द्र पुन, देवान थापा र दिपेन राईको जोडी तृतिय भएको छ । प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ४५ हजार, ३० हजार, १०, १० हजार नगद, प्रमाणत्र र ट्रफी वितरण गरिएको थियो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

त्यसैगरी प्रतियोगिताको सि लेभल जिल्लास्तरीयमा सुदिप श्रेष्ठ, रियान श्रेष्ठ प्रथम, सचिन शाक्य, भरत खड्का क्षेत्रीको जोडी द्धितिय, अनिष भण्डारी, रविन गर्बुजा र बिक्षान भण्डारी र बिबस पुन तृतिय भएका छन् ।

प्रथम, द्धितिय र तृतियले क्रमश २५ हजार, १५ हजार र ५, ५ हजार पुरस्कार पाएका छन् । गण्डकी प्रदेश स्तरीय बि लेभलमा ३२ टिम र सि लेभल जिल्ला स्तरीयमा ४२ टिमको सहभागीता रहेको बेनी नगरपालिका ब्याडमिन्टन संघका अध्यक्ष सञ्जन शाक्यले बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताको गण्डकी प्रदेशका महान्याधिवक्ता चिरञ्जिवी शर्माले शुक्रबार उद्घाटन गर्नुभएको थियो । बिजेता खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष दिनेश केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...