शिख पूर्ण खोप वडा घोषणा

Gandaki Kotihome

गणेश गुरुङ (सुरेन)
शिख। म्याग्दीको अन्नपूर्ण गाउँपाकिला–५ शिखलाई शुक्रबार पूर्ण खोप सुनिश्चिता वडा घोषणा गरिएको छ ।

साविक शिख गाविसमा बसोबास गर्ने १६ देखि ५९ महिना सम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको हो ।

लक्षित उमेर समूहका बालबालिकाले तोकिएको खोप लगाएका र आगामी दिनमा जन्मने बच्चाहरुलाई पनि खोप लगाउने प्रतिवद्धता सहित पूर्णखोप घोषणा गरिएको अन्नपूर्ण गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले बताउनुभयो ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

उहाँका अनुसार शिखमा हाल १५ महिना भित्रका १० र १६ देखि ५९ महिना उमेर समूहका ४६ जना बालबालिका छन् । बालबालिकाहरुलाई रोगबाट बचाउन, बिरामी, अपाङ्गता र मृत्युदर घटाउने खोप कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ ।

हेपाटाईटिस बि, जापनिज ईन्सेफलाईटिस, हेमोफिलस एन्फ्युएन्जा बि, रुबेला, न्युमोकोकल तथा आईपिभी, दादुरा रुवेलाको दोस्रोमात्रा, झाडापखला विरुद्धको रोटा तथा टाईफाईड विरुद्धको खोप लगाउने नेपाल सरकारको प्राथमिकताप्राप्त कार्यक्रम हो ।

शिख अन्नपूर्ण गाउँपालिकाको पहिलो र म्याग्दी जिल्लाको चालु आर्थिक वर्षमा चौथो पूर्ण खोपयुक्त घोषणा भएको वडा बनेको छ । वडा अध्यक्ष राजेश तिलिजाको अध्यक्षता र वडा नं.२ का अध्यक्ष तथा गाउँ कार्यपालिकाको सामाजिक विकास समितिका संयोजक ओमप्रकाश फगामीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सञ्चालन सिनियर अनमी दिलकुमारीले तिलिजाले गर्नुभएको थियो ।

शिख स्वास्थ्य चौकीका ईञ्चार्ज तुलबहादुर रन्तिजाको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा स्थानीय अगुवा बेग तिलिजाले शुभकामना मन्तब्य व्यक्त र अहेव धनमाया शेरपुञ्जाले खोपको पहुँचको अवस्थाको बारेमा जानकारी गराउनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...