सेकार्कु तातोपानीलाई ब्यवस्थित बनाउन पूर्वाधार निर्माण

Gandaki Kotihome

बेनी ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ सेकार्कु स्थित तातोपानी कुण्डलाई ब्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ ।

पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको ब्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले रु. एक करोड १७ लाखको लागतमा पूर्वाधार निर्माण थालेको हो ।

अन्नपूर्ण गाउँपालिका–१ का वडा अध्यक्ष दिलिप गर्बुजाले तातोपानी पानी संकलन गर्ने पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुरेन्टका लागि आवश्यक पूर्वाधार तयार पार्न लागिएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“कालीगण्डकी किनारको तातोपानी व्यवस्थित नहुँदा हाल हिउँद याममा मात्र खुल्ला ठाउँमा स्नान गर्न सकिन्छ,” उहाँले भन्नुभयो “बेनी–जोमसोम सडकको नजिकै निर्माण हुन लागेको पोखरी सञ्चालन गरेर आम्दानीको स्रोत बनाउने लक्ष्य छ ।”

सेकार्कुमा ५० डिग्री सेल्सियस प्राकृतिक तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी सङकलन गरिएको पोखरीमा स्नान गरेमा शारिरिक स्फुर्तीका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।

Annapurna aarohan ko notice

मुहान देखि छ सय मिटर तल दुई ईञ्चको युपिभिसी पाइपबाट ल्याइने तातोपानी सङकलन गरेर स्नानका लागि ११ दशमलब २५ मिटर लम्बाई र आठ मिटर चौडाई भएको पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

संघीय सरकारको विशेष अनुदानमा सेकार्कु तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि २०८१ असार ३ गते कालीगण्डकी निर्माण सेवा प्रा.ली.सँग रु. एक करोड १७ लाख ६० हजार छ सय ८५ मा ठेक्का सम्झौता भएको थियो ।

वि.स. २०८२ जेठ ३० गतेसम्म म्याद रहेको ठेक्का मार्फत पोखरी र परिसरमा भौतिक संरचना निर्माण गर्ने काम ७० प्रतिशत सकिएको अन्नपूर्ण गाउँपालिकाका सवईञ्जिनियर करिम मुल्लाह मियाले बताउनुभयो ।

ठेकेदारले तातोपानी संकलनका लागि मुहानमा तीन वटा इन्टेक र पाइपलाइन जडानको तयारी गरेको छ । तातोपानीको मुहानसम्म पुग्ने सडक बनाउन धेरै खर्च लाग्ने र बर्खामा बाढीले असर पु¥याउने भएकाले केही तल संरचना बनाउन लागिएको हो ।

बेनी–जोमसोम सडकको तिप्ल्याङ–महभिर जोड्ने मोटरेबल पुल देखि पाँच सय मिटर नजिकै बनाउन लागिएको तातोपानी कुण्डले मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...