क्षयरोगीको पहिचान र उपचारमा पहुँच बढाउन आवश्यक

Gandaki Kotihome

बेनी । म्याग्दीमा क्षयरोगी पहिचान गरि उनिहरुलाई उपचारको पहुँचमा ल्याउन चुनौति देखिएको छ ।

सर्वेक्षण अनुसार म्याग्दीमा वार्षिक दुई सय ३३ जना नयाँ क्षयरोगी पहिचान हुनुपर्नेमा सरदर ५० जनाको हाराहारीमा मात्र पहिचान र उपचारको पहुँचमा आउने गरेका छन् ।

समुदाय स्तरमा क्षयरोगी पहिचान र उपचारको पहुँचमा नआउनु प्रमुख चुनौति देखिएको विश्व क्षयरोग दिवस पारेर सोमबार प्रादेशिक जनस्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको कार्यक्रममा छलफल भएको थियो ।

Upper Myagdi transmition line notice

कार्यालयका क्षयरोग फोकल पर्सन गणेश सुवेदीले शंका लाग्ने वित्तिकै क्षयरोगको परिक्षण र पहिचान भएका बिरामीले स्वास्थ्यकर्मीको निगरानीमा छ देखि १० महिनासम्म नियमित औषधी सेवन गरेर उपचार गराउनुपर्ने बताउनुभयो ।

Annapurna aarohan ko notice

“म्याग्दीमा आर्थिक वर्ष ७९÷८० मा ६३, २०८०÷०८१ मा ४७ जना र चालु आर्थिक वर्ष २०८१÷०८२ को आठ महिनाको अवधीमा ३१ नयाँ क्षयरोगका बिरामी भेटिएका छन,” उहाँले भन्नुभयो “खुल्न नचाहने र रोग लुकाउने समस्याका कारण ८० प्रतिशत क्षयरोगका बिरामी समाजमा लुकेर उपचारको पहुँचमा आउन नसकेको सर्वेक्षणले देखाएको छ ।”

यस वर्ष बेनी नगरपालिकामा १७, अन्नपूर्णमा ६, मालिकामा २, रघुगंगामा ३, मंगलामा १ र धवलागिरीमा २ जना क्षयरोगका विरामी भेटिएका छन् । प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजेन्द्र सापकोटाले समयमै क्षयरोगको पहिचान गरि औषधी सेवन गरेमा रोग निको हुने भएपनि रोगबाट पीडित भएकाहरु उपचारको लागि नआउने, नियमित रुपमा औषधी सेवन नगर्ने समस्याहरु रहेको भन्दै जनचेतना फैलाउन आबश्यक रहेको बताउनुभयो ।

क्षयरोगबाट पीडित भएका एक व्यक्तिबाट बर्षमा १० देखी १५ जना सम्म थप संक्रमित हुन सक्ने खतरा भएकाले हल्का ज्वरो र पसिना आउनु, छाती दुख्नु र श्वास फेर्न गाह्रो हुनु, दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्नु, तौल घट्नु, खान खान मन नलाग्नु, खकारमा रगतदेखिएमा समयमै स्वास्थ्य परिक्षण गरि उपचार गर्न प्रमुख सापकोटाले आग्रह गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले समाजमा तिरस्कृत हुने डरले क्षयरोगी खुल्न नसकेको अवस्थामा जनचेतनामुलक सहित विभिन्न माध्यमबाट बिरामीको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्वास्थ्यकर्मीको सुझाब अनुसार क्षयरोगीले औषधी सेवन गरेमा थप रोग फैलनबाट रोक्न सकिने बताउनुभयो ।

जिल्लाका सबै स्वास्थ्य संस्थाबाट यस रोगको औषधी निःशुल्क रुपमा उपलब्ध गराईन्छ । नेपाल सरकारले सन् २०५० सम्म क्षयरोग अन्त्य गर्ने लक्ष्य लिएको छ । म्याग्दीमा बेनी अस्पताल, दरवाङ आधारभूत अस्पताल, ताकम र भुरुङ तातोपानी स्वास्थ्य चौकीमा क्षयरोगको परिक्षण हुन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...