जलजलामा अन्तरजातीय विवाह गर्ने २८ जोडी सम्मानित

Gandaki Kotihome

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई शुक्रबार सम्मान गरेको छ । ६० औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस–२०८१ को अवसरमा पालिका केन्द्र लामाखेतमा आयोजित कार्यक्रममा नगद सहित सम्मान गरिएको हो ।

अन्तरजातिय विवाह गरी सामाजिक साँस्कृतिक रुपान्तरणका लागि प्रशंसनीय एवम् अनुकरणीय कार्य गरेकोले उहाँहरुलाई सम्मान गरिएको हो । अन्तरजातीय विवाहले समाजमा छुवाछुत र भेदभावको अन्त्य गर्न सहयोग पु¥याएकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहन गर्न सम्मान गरिएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो ।

समाजमा रहेको जातीय विभेद, हिंसा, कुरीति, कुसंस्कार अन्त्य गरी समुन्नत समावेशी एवं छुवाछुतमुक्त जलजला गाउँपालिका बनाउने उद्देश्यले अन्तरजातीय विवाह गर्ने जोडीलाई हौसला प्रदान गर्न सम्मान गरिएको उहाँको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य नन्दकला दमाई नेपाली र गाउँपालिका अध्यक्ष आचार्यले अन्तरजातीय विवाह गर्ने दम्पतीहरुलाई नगद पाँचहजार रुपियाँ सहित सम्मान–पत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

गण्डकी प्रदेश सभा सदस्य नेपालीले अन्तराजातीय विवाहलाई समाजले स्विकार गर्न अझै पनि कठिन भएको बताउँदै सम्मान कार्यक्रमले विवाहित जोडीलाई प्रोत्साहन मिल्नुका साथै समाजमा जनचेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । समाजमा भएको जातीय भेदभाव उन्मूलनका लागि स्थानीय सरकारले यस्तै अन्य सचेतनाका कार्यक्रमलाई पनि जोड दिनुपर्ने उहाँको भनाई थियो ।

Notice about ban dadalo

अन्तरजातीय विवाह गर्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गराउनु र विवाहित जोडीलाई हौसला प्रदान गर्न कार्यक्रमको उद्देश्य रहेको पालिका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।


पालिकाभित्रका सबै वडामा दलित र गैरदलितबिच विवाह भएका जोडीको विवरण संकलन गरेर सम्मान गरिएको जलजला गाउँपालिकाका कार्यपालिका सदस्य एवम् दलित अधिकारकर्मी भिमसेन बहादुर विश्वकर्माले बताउनुभयो । गाउँपालिकाले अहिले सम्म अन्तरजातीय विवाह गर्ने जोडीहरुको सूचना प्रकाशित गरी नामावली संकलन गरिएको उहाँले बताउनुभयो ।

सम्मान कार्यक्रमले समाज अन्तरजातीय विवाहका जोडीलाई हौसला मिल्नुका साथै समाजमा सकरात्मक सन्देश प्रवाह गर्ने गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृत समेत रहनुभएका कार्यक्रमका सम्मानित कृष्ण विश्वकर्माले बताउनुभयो । अन्तरजातीय विवाहका कारण आफूले भोगेका समस्या, चुनौती र अवसरका बारेमा अनुभव बताउनुभएको थियो ।

कार्यक्रमा जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जिसी, नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य भिमबहादुर नेपाली, नेपाली कांग्रेस जलजलाका सहसचिव चित्रराज रेग्मी, नेकपा एमाले जलजलाका अध्यक्ष नरबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) जलजलाका इन्चार्ज लोकराज आचार्य, नेपाल उत्पीडित जातीय मुक्ति समाज पर्वतका उपाध्यक्ष निर्मल नेपाली, दलित अधिकारकर्मी दुर्गा दर्जी, दलित संघ जलजलाका अध्यक्ष बुद्धि परियार लगायतले समाजमा अझै पनि जातीय छुवाछुत कायम रहेकाले स्थानीय सरकारले गर्ने सम्मान लगायतका कार्यक्रमले समाजमा जनचेतना अभिवृद्धी हुने विश्वास व्यक्त गर्नुभयो ।
यसैगरी कार्यक्रममा गत वर्ष पालिकाले संचालन गरेको कक्षा ८, १० र राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई÷दुईजना दलित छात्र र छात्रालाई पनि नगद तीन हजार रुपियाँ सहित सम्मान गरिएको गाउँपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा अधिकृत विन्दु शर्माले जानकारी दिनुभयो ।

कार्यपालिका सदस्य भिमसेन बराईलीकोको संचालनमा सम्पन्न भएको कार्यक्रमको अध्यक्ष पालिका अध्यक्ष आचार्य र स्वागत उपाध्यक्ष दिपक आचार्यले गर्नुभएको थियो । कार्यक्रमा पालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य र दलित अधिकारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...