
बेनी, । बेनी आक्रमणमा ज्यान गुमाएकाहरुको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । बेनी नगरपालिकाको परिसरमा बिहिबार २१ वर्षअघि तत्कालिन राज्य र बिद्रोही पक्षबीच बेनीमा भिडन्त हुँदा ज्यान गुमाएकाहरुको स्मरण गरिएको हो ।

कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले म्याग्दी आक्रमणको २१ वर्ष पुग्दा पनि घाइते कृष्णलाल श्रेष्ठलाई राज्यले पीडितको सूचिमा राख्न नसकेको बताउनुभयो । आक्रमणमा धेरैले ज्यान गुमाएको भन्दै त्यस मध्ये धेरैको अझै पहिचान हुन नसकेको उहाँको भनाइ छ ।
दिप प्रज्ज्वलन कार्यक्रम द्वन्द्व पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष राजु रिजालको अध्यक्षता र अपाङ्गता भएका द्वन्द्व पीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सचिव सुरेन्द्र खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।
