लुलाङमा ट्याक्टर दुर्घटनामा ज्यान गुमाउनेको संख्या दुई पुग्यो

Gandaki Kotihome

बेनी, धवलागिरी गाउँपालिका–२ लुलाङमा बिहिबार अपराहन्न ट्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

देउराली देखि लुलाङ तर्फ जादै गरेको ग १ त ७१९६ नम्बरको ट्याक्टर पाखापानी भन्ने ठाउँमा दुर्घटना हुँदा घाइते भएका तीन जनालाई उपचारका लागि बेनी पठाइएको छ ।

Notice about ban dadalo

धवलागिरी गाउँपालिका–२ का २१ वर्षीय पूर्णलाल रसाइलीको घटनास्थलमै र १८ वर्षीय डेबिन बि.क.को लुलाङ स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news

धवलागिरी गाउँपालिका–७ ताकमका २५ वर्षीय राजकुमार सुनारले चलाएको उक्त ट्याक्टरमा सात जना सवार थिए । तीन जना घाइतेलाई लुलाङ स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरि बेनी पठाइएको छ । इलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको टोलीले अनुसन्धान थालेको जनाइएको छ ।

भौगोलिक रुपमा दुर्गम र विकट क्षेत्रमा अवस्थित दुर्घटनास्थलमा लुलाङका बासिन्दा र जनप्रतिनिधीहरुले घाइतेको उद्दार गरेर स्वास्थ्य चौकी पु¥याएका थिए । गाउँपालिकाका उपाध्इक्ष रेशम पुनमगर, वडा अध्यक्ष अकप्रसाद बिकको टोली घटनास्थलमा पुगेर उद्धारमा खटिनुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...