बेनीका कृषकलाई माछाको भूरा वितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । बेनी नगरपालिकाले कृषकहरुलाई माछाका भूरा वितरण गरेको छ । नगरपालिका परिसरमा मंगलबार ३६ जना कृषकहरुलाई १३ हजार माछाका भुरा वितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, पशु सेवा शाखाका प्रमुख डा. आशिस सापकोटा, प्राविधिक प्रदिप गौतमले भुरा वितरण गर्नुभएको थियो । ग्रास कार्प, रहु र नैनी जातका माछाको भुरा वितरण गरिएको प्राविधिक गौतमले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

माछापालनमा कृषकहरुलाई आकर्षित गर्ने, स्थानीय बजार र उपभोगका लागि आवश्यक पर्ने माछाको उत्पादन बढाएर आयात घटाउने उद्देश्यले भुरा वितरण गरिएको उहाँले बताउनुभयो । “किसानहरुलाई म्याग्दीमा ब्यवसायिक माछापालनको सम्भावना देखाउन नगरपालिकाको वार्षिक कार्यक्रम अनुसार माछाको भुरा वितरण गरिएको हो,” गौतमले भन्नुभयो “कृषकहरुबाट माग संकलन गरेर पोखराबाट भुरा ल्याएर वितरण गरिएको हो ।”

Shreekrishna

थोरै जमिनमा पनि पोखरी बनाएर पालेको माछाबाट कृषकहरुले राम्रो आम्दानी गर्न सकिन्छ । बेनी र ग्रामिण क्षेत्रमा भारत तथा तराईबाट आयात गरिएको माछाको उपभोग हुने गर्छ । म्याग्दी र कालीगण्डकी नदीमा पाइने रैथाने असला जातको माछा पनि उपभोक्ताको रोजाईमा छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...