क्षेत्री समाजको साधारणसभा

Gandaki Kotihome

बेनी,। क्ष्ोत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १६औं वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।

साधारणसभामा समाजका अध्यक्ष लक्ष्मीकुमारी केसीले संस्थागत, सचिव हिमबहादुर भण्डारीले प्रगति र कोषाध्यक्ष यामबहादुर बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष अमृतदेवी बानियाँले इतिहासविद् र अनुभवीहरुसँग आवश्यक समन्वय तथा सहकार्य गरेर क्षत्री समाजलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

क्षत्री समाज म्याग्दीको पूर्व अध्यक्ष समेत रहनुभएकी केन्द्रीय उपाध्यक्ष बानियाँले समाजको विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्ने भन्दै क्षत्री बन्धुहरुको हकहित र उत्थानको लागि सबै एकापसमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावलले वि.सं. २०५३ सालमा नै क्षत्री समाज गठन गर्ने आफूले तयारी गरेको भए पनि केही अमुक व्यक्तिका कारणले १० वर्षपछि धकेलिन पुगेको भए पनि अहिलेको अवस्थामा ल्याइपु¥याउन सबैको साथ र सहयोग रहेको बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

कार्यक्रमको अवसरमा क्षत्री समाजको आजीवन सदस्यता वितरण गर्नुका साथै जिल्लास्थित पत्रकार महासंघ, म्याग्दी जेसीज, सञ्चारिका समूहलगायत विभिन्न संघसंस्थामा निर्वाचित क्षत्री बन्धुहरुलाई क्षत्री पोशाक ढाका टोपी र सल ओढाएर सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका संस्थापक अध्यक्ष घनश्याम खड्का, क्षत्री समाज म्याग्दीका वरिष्ठ उपाध्यक्ष एवं बेनी नगरपालिका वडानम्बर ६ का वडाध्यक्ष कृष्णबहादुर बानियाँ, म्याग्दी जेसीज वर्ष सन् २०२५ का शाखा अध्यक्ष विनोद घर्ती क्षत्री र आजीवन सदस्य एवं सम्मानित व्यक्ति नगेन्द्र पाण्डेले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीको अध्यक्षता, सचिव हिमबहादुर भण्डारीको सञ्चालन र महिला समाजका अध्यक्ष सन्जु बरुवालको स्वागतमा सम्पन्न भएको थियो । वि.सं. २०६३ सालमा स्थापना भएको क्षत्री समाज म्याग्दीले संस्थागत विकाससहित विगतमा हक, अधिकार तथा जातीय सद्भावका लागि विभिन्न आन्दोलन र क्षत्रीहरुको उत्थानमा आवश्यक सहयोग गर्दै आइरहेको जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...