मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्सा सार्वजनिक

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्सा तयार गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्गोज, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरु समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्साङ्कन गरिएको हो ।

सरकारी निकायको आर्थिक सहयोग बिनै पर्यटनकर्मी चित्र तिलिजा पुन र लुकेश तिलिजा पुनले दुई वटै पदमार्गको पछिल्लो अवस्था समेटेर तयार पार्नुभएको नक्सा शनिबार बेनीमा सार्वजनिक गरिएको छ ।

Shreekrishna

संविधानसभा सदस्य गोविन्द पौडेल, प्रतिनिधिसभाका पूर्व सदस्य भुपेन्द्रबहादुर थापा, नेकपा (एमाले) म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापति कृष्णप्रसाद बरुवाल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) धान्द्रुकका प्रमुख भिम उपाध्याय र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले नक्सा सार्वजनिक गर्नुभएको हो ।

“पुरानो नक्सामा अहिले थपिएका पूर्वाधार र सुविधाको जानकारी नहुँदा नयाँ नक्सा बनाउनुपर्ने आवाज उठेपछि समुदाय स्तरबाट उठाएको रु. छ लाख खर्चेर दुई वटा पदमार्गमा पर्ने सबै स्थानहरुमा पुगेर नयाँ नक्सा तयार पारेका हौ,” चित्र तिलिजाले भन्नुभयो “होटल सुविधा र गन्तब्यको विशेषता सहितका जानकारी समेटिएको नयाँ नक्सा बजारमा पठाइसकेका छौ । पर्यटन ब्यवसायी, पथप्रर्दशक र पर्यटकलाई सहज हुनेछ ।”

सरकारी निकायको झञ्जटिलो प्रक्रीया पुरा गर्नुभन्दा समुदायको सहयोग जुटाएर नक्सा बनाएर राज्यलाई सहयोग गरिएको नक्सा निर्माणकर्ता तिलिजाद्धयले बताउनुभयो । नक्सा तयार पार्न यहाँका होटल व्यावसायी र विदेशमा रहेका म्याग्देलीले सहयोग गरेका छन् ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यसअघि तयार पारिएको नक्सा पूर्ण नभएकाले यसपाली सबै समेटेर नक्सा बनाइएको मौरिस हर्जोग पदमार्गका अभियन्ता तेज गुरुङले बताउनुभयो । ७५ वर्षअघि फ्रान्सेली आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम हिमाल चढ्ने क्रममा हिडेको पदमार्गलाई मौरिस हर्जोग नामकरण गरिएको छ । नारच्याङ देखि अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने यो पदमार्ग तीन देखि पाँच दिनमा यात्रा गर्न सकिन्छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, डाडाकटेरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागी, मोहरेडाडा, खोपारा र खयर बराह ताल समेटिएको अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग एक हप्ता देखि १० दिनसम्म यात्रा गर्न सकिन्छ ।

नक्साले पर्यटकलाई सहज हुने अपेक्षा गरिएको संविधानसभा सदस्य गोविन्द पौडेलले बताउनुभयो ।

जिल्लामा रहेका मुख्य पदमार्गका बारेमा तयार पारिएको नक्साले जिल्लाको पर्यटन विकासमा ठुलो टेवा पुग्ने उहाँको भनाइ छ । स्थानीय सरकारले पदमार्गको विकास, पूर्वाधार निर्माण र प्रचार–प्रसारमा सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिनिधिसभाका पूर्व सदस्य थापा र म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि पर्यटन पूर्वाधार निर्माणमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । अन्नपूर्ण प्रथम हिमाल र मौरिस हर्जोग पदमार्गको प्रचार–प्रसार गरेर आरोहीलाई यहाँ ल्याउन सकेमा आर्थिक विकासमा टेवा पुग्ने उहाँहरूको भनाइ छ ।

मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण प्रथम हिमालको आधार शिविरको पर्यटन प्रवर्धन, प्रचार–प्रसार र पूर्वाधार निर्माणमा गाउँपालिका जुटेको बताउँदै पालिका अध्यक्ष भारतकुमार पुनले नक्साले पर्यटन प्रवर्धन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रु. एक करोड २५ लाख लगानीमा मौरिस हर्जोग पदमार्गमा पर्यटकीय पूर्वाधार निर्माण थालिएको जानकारी दिनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...