‘तोरनल्ह’ पर्व शुरु

Shreekrishna hardware

बेनी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसंख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् ।

नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागु पुर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागु पूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताउनुभयो ।

‘‘तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पित्रीहरुलाई सम्झिएर पुजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ,’’ उहाँले भन्नुभयो ‘‘आफन्तहरुलाई बोलाएर मिठा मिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’’ मुस्ताङको थासाङ गाउपालिकाको कोवाङ थकाली समुदायको उद्गम स्थल मानिन्छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहूल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्मथलो फर्कीएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगार पटार गरेका छन् ।

तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुषहरु परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिलाहरु भने मौलिक भेषभुषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटा साटा गरेर तोरन्ह मनाउँछन् ।

थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा आयोजना गरिएको तोरनल्ह पर्वको शुभकामना आदानप्रदान तथा तारो हान्ने खेलको बुधबार म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले उद्घाटन गर्नुभयो ।

बेनी क्षेत्रका सचिब योगेन्द्रमान गौचनले सञ्चालन गर्नुभएको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ, बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेश श्रेष्ठ, थकाली सेवा समितिका केन्द्रिय सदस्य शंकरमान शेरचनले मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा जोड दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...