माओवादीको मुस्ताङ–पोखरा समन्वय समितिको भेला

Gandaki Ghumau

पोखरा। नेकपा (माओवादी केन्द्र) मुस्ताङ–पोखरा समन्वय समितिको भेला आइतबार पोखरामा सम्पन्न भएको छ ।

पोखरामा बसोबास गर्ने नेकपा माओवादी केन्द्रका सदस्य र समर्थकहरुको भेलाले आइतबहादुर बि.क.को अध्यक्षतामा समितिको कमिटि गठन भएको छ । १६ सदस्यीय समितिको उपाध्यक्षमा राजकुमार बि.क (अर्जुन), बिमला परियार, सचिवमा सुरज बि.क., कोषाध्यक्षमा बिष्णु अर्पण गुरुङ र सचिवमा सुरज बिक रहनुभएको नेकपा माओवादी केन्द्र मुस्ताङको संयोजक धिरेन्द्र बिकले जानकारी दिनुभयो ।

Gunasthariya Shiksya

कार्यक्रममा बिमला परियार, निर्जला परियार, सुरज बिक लगायत १० जना माओवादीमा प्रवेश गर्नुभएको थियो भने समितिका निवर्तमान अध्यक्ष धनबहादुर बिकलाई सम्मान गरिएको थियो । कार्यक्रममा माओवादी केन्द्रका गैर भौगोलिक सम्पर्क समन्वय समितिका ईञ्चार्ज तथा केन्द्रिय सदस्य आशमान रोका (पवन), प्रदेश अध्यक्ष गायत्री गुरुङ (कुशुम), प्रदेश सदस्य ङुटुक गुरुङ (टाइगर), विश्व पे्रम गुरुङ (ताङवे)ले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Shreekrishna

उहाँहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) दोस्रो पटक प्रधानमन्त्री हुँदा कालीगण्डकी कोरिडोरको म्याग्दी–मुस्ताङ खण्ड स्तरोन्नतिको लागि बजेट स्रोत सुनिश्चित गराएर काम शुरु गराएको र पछिल्लो पटक प्रधानमन्त्री हुँदा चिन सरकारसँग समन्वय गरेर मुस्ताङको कोरला लगायतका नाकाहरु सञ्चालनमा ल्याएको बताउनुभयो ।

नेपालको राजनीतिक परिवर्तनको नेतृत्व गरेको माओवादीले अहिले शुसासन र सम्बृद्धिको मुद्दा लिएर जनतामा गएको बताउँदै उहाँहरुले मुस्ताङको समग्र विकासमा माओवादीको भूमिकाको चर्चा गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...