जोमसोमको प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा

Gandaki Kotihome

जोमसोम । मुस्ताङको जोमसोममा रहेको प्रादेशिक अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन भएको छ ।

गण्डकी प्रदेश सरकार मातहतको यस अस्पतालमा विशेषज्ञ चिकित्सक ब्यवस्थापन गरेर शल्यक्रिया सेवा सञ्चालन गरिएको हो । विगत ४ महिनादेखि जनरलका साथै शल्यक्रिया मार्फत गरिने प्रसुति सेवा सञ्चालन गरिरहेको अस्पतालमा आइतबार एक जना ५० वर्षीया महिलाको bartholin cyst abscess को शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

अस्पतालका कल्सल्यान्ट डा. विशाल सापकोटा, डा. समिक्षा कडेल, स्टाफ नर्स बिशाखा पण्डित र हेल्थ असिस्टेन्ट कुशल नेपालीको टोलीले शल्यक्रिया गरेको हो । दरबन्दि अनुसारका चिकित्सक, स्वास्थ्यकर्मी, पूर्वाधार र उपकरणको कमीका बावजुद पनि पछिल्लो समय जोमसोम अस्पतालले सञ्चालन गरेको सेवालाई निरन्तरता दिनका लागि पहल गरिएको मुस्ताङ १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले बताउनुभयो ।

प्रदेश सरकारसँग समन्वय गरेर चिकित्सकको ब्यवस्थापन गरिएको जानकारी दिदै उहाँले अस्पतालको निर्माणाधिन भवनलाई पूर्णता दिन, मुख्य सडक देखि अस्पताल पुग्ने सडकको पहुँचमार्गको समाधान गर्न, थप उपकरणको ब्यवस्था गर्न पहल गरिएको बताउनुभयो ।

“नवौ तहका चिकित्सकको दरबन्दी कायम गराई मुस्ताङ, मनाङ, म्याग्दी लगायत दुर्गम जिल्लामा प्रोत्साहन भत्ताको व्यवस्था गर्न प्रदेशसभामा विषय उठान गरेको छु,” सांसद शेरचनले भन्नुभयो “९० प्रतिशत भौतिक प्रगति भएको जोमसोम प्रादेशिक अस्पतालको भवन निर्माणलाई पूर्णता दिन ठेकेदारलाई ताकेता गरेका छौ । थप उपकरणको ब्यवस्थापनका लागि प्रदेश सरकारबाट प्रतिवद्धता पाएका छौ ।”

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...