मालढुङ्गा–फर्से खण्ड कालोपत्र

Gandaki Kotihome

बेनी, ः भारत र चिनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर सडक अन्तर्गत मालढुङ्गा–फर्से खण्डमा कालोपत्र गर्ने काम सकिएको छ ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा देखि जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्से सम्म कालोपत्र भएको हो । योजनाका सव–ईन्जिनियर सोहनजङ्ग कार्कीले मालढुङ्गा–फर्से खण्डमा पाँच किलोमिटर दुई सय मिटर कालोपत्र भएको जानकारी दिनुभयो ।

“१३ किलोमिटर दुरिको मालढुङ्गा–बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा करिब दुई किलोमिटर ढलान भइसकेको छ,” उहाँले भन्नुभयो “केराबारी–मिलनचोक खण्डमा थप दुई किलोमिटर सडक दुई हप्तापछि कालोपत्र गर्ने लक्ष्य सहित संरचना निर्माण अन्तिम चरणमा पुगेको छ ।”

Upper Myagdi transmition line notice

मालढुङ्गा–बेनी सडकलाई ११ मिटर (दुई लेन) फराकिलो बनाएर अस्फाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न एपेक्स–खड्का–कृष्ण जेभीले वि.स. २०७७ चैतमा रु. ५२ करोड ८६ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

Annapurna aarohan ko notice

यस खण्डको हालसम्मको भौतिक प्रगति करिब ७० प्रतिशत रहेको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ । मोहनचोक–लामाखेत–पर्वतबेनी, केराबारी–मिलनचोक खण्डको पाँच किलोमिटर क्षेत्रमा विस्तार, नाली निर्माण, सवबेस, बेस राख्ने र ग्रेडिङ गर्ने काम धमाधम भइरहेको छ ।

पर्वतबेनी, मिलनचोक र लस्ति बजार क्षेत्रमा सडकको क्षेत्राधिकारमा पर्ने घरटहरा भत्काउन ढिलाई हुँदा निर्माणको काम अघि बढ्न सकेको छैन् । वि.स. २०७९ मा सम्पन्न हुनुपर्ने सडक निर्माण कार्यले लक्ष्य भन्दा दुई वर्षपछि पूर्णता पाउन लागेकोमा स्थानीयबासी उत्साही भएका जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । सडक निर्माणलाई गति दिन जनप्रतिनिधी, उद्योगी ब्यवसायी र सरोकारवालाहरुले दवाव दिदै आएका छन् ।

यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीय बासिन्दाका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत २०५२ सालमा मार्ग खुलेको मालढुङ्गा–बेनी सडक बेनी सडक २०६८ सालमा कालोपत्र गरिएको थियो । यसै आर्थिक वर्षभित्र सडक कालोपत्र सम्पन्न हुने आयोजनाले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...