दाना र गाडपारका चार सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

Gandaki Kotihome

बेनी । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ दानाका पाँच र वडा नं.–४ गाडपारको एक वटा विद्यालयका चार सय विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ ।

दाना घर भई हाल बेलायतमा बसोबास गर्नुहुने कमल पुर्जाको पहलमा ज्ञानप्रकाश माविका दुई सय ७३, सुवा आधारभूतका २४, जनकल्याण आधारभूतका पाँच, ज्योति आधारभूतका १४, सरस्वति आधारभूतका ३१ र गाडपारको नारच्याङ आधारभूतका ५२ जनालाई कापी, कलम र पेन्सील वितरण गरिएको हो ।

Upper Myagdi transmition line notice

नारच्याङ आधारभूतलाई पुर्जाले व्यक्तिगत रुपमा रु. ५० हजार हस्तान्तरण गर्नुभएको थियो । पुर्जा र बेलायती नागरिक जेम्स रोवन्सले गो फण्ड मार्फत सहयोग जुटाएर खरिद गरेको शैक्षिक सामग्री पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको ज्योति मण्डल मावि र बेनी नगरपालिका–९ गलेश्वरको जडभरत संस्कृत माध्यमिक विद्यालयलाई पनि उपलब्ध गराउने कार्यक्रम छ ।

पुर्जा, सहयोगदाता नाईजर उडल र रिवेका उडलले ज्ञानप्रकाश माविमा आयोजित कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्नुभएको थियो । छ वटै विद्यालयलाई एक÷एक वटा फुटबल, भलिबल र बास्केटबल पनि वितरण गरिएको थियो ।

Annapurna aarohan ko notice

सामग्री वितरण कार्यक्रममा पुर्जाले आफूहरु सानो छँदा कापी, कलमको अभावमा लेखपढ गर्न भएको स्मरण गर्दै विद्यार्थीहरुलाई पढाईमा प्रेरित गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको बताउनुभयो ।

ज्ञानप्रकाश माविका सहायक प्रअ रेगुन खत्रीले सञ्चालन र दुर्गाप्रसाद स्मृति कोषका संस्थापक कृष्णप्रसाद तुलाचनले स्वागत गर्नुभएको कार्यक्रमा नारच्याङ आधारभूतका प्रअ सुकबहादुर गर्बुजाले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जा, पुर्व वडा अध्यक्ष नरसिंह पुर्जा, व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जा, सदस्य बिना पुर्जा, शिक्षक अभिभावक संघका अध्यक्ष हस्तबहादुर पुन लगायतको उपस्थिति थियो ।

बेलायती सेनाका सेवानिवृत्त गोर्खा सैनिक पुर्जाले यसअघि आफुले अध्ययन गरेको ज्ञानप्रकाश माविलाई रु. दुई लाख २१ हजार एक सय ८०, अध्यापन गराएको काभ्रेको सरस्वति आधारभूत विद्यालयलाई रु. एक लाख, ज्योती आधारभूत विद्यालयलाई रु. ५० हजार र ठाडाको आमा समूहलाई रु. ५० हजार व्यक्तिगत रुपमा सहयोग गर्नुभएको थियो । दुवाडी र ठाडाको विद्यालयलाई आगामी वर्ष सहयोग गर्ने उहाँले बताउनुभयो । यसपाली गाडपार र गलेश्वरको विद्यालयलाई आर्थिक सहयोग गर्ने उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...