कुमारी सहकारी हिनामिना प्रकरणमा हिरासतमा रहेकासँग बयान लिने काम जारी

Gandaki Kotihome

बेनी, बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दाका चार जना आरोपीहरुसँग म्याग्दी जिल्ला अदालतले बयान लिएको छ ।

जिल्ला अदालतका न्यायाधिश प्रकाशप्रसाद पण्डितको इजलासमा प्रहरी हिरासतमा रहेका जिसस प्रमुख समेत रहेका कुमारी सहकारीका पुर्व सञ्चालक राजकुमार थापा, पुर्व अध्यक्ष मनप्रसाद थजाली, पुर्व प्रबन्धक रुद्र गुरुङ र सञ्चालक समितिका सचिव देवी थापाले बयान दिएका हुन् ।

सचिव थापाको आइतबार, अन्य तीन जनाको सोमबार बयान लिइएको र लेखासमितिका पुर्व सदस्य लोकबहादुर (पुन)को मङगलवार बयान लिइने म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले बताउनुभयो ।

Upper Myagdi transmition line notice

प्रहरी हिरासतमा रहेको अवस्थामा बिरामी भएर उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएका सहकारीका पुर्व अध्यक्ष थमबहादुर गर्बुजाको बयान लिन बाँकी छ । २५ जना अभियुक्तहरु मध्य १९ जना फरार छन् ।

Annapurna aarohan ko notice

सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रु. एक अर्ब १३ करोड बिगो दावी गर्दै २५ जनालाई विपक्षी बनाएर मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम अभियोगपत्र दर्ता गरेको थियो । बयान सकिएपछि थुनछेक बहस हुने श्रेष्तेदार रेग्मीले बताउनुभयो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनिहरुविरुद्ध संगठित रुपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋण वापतको रकम, नेपाल सरकारको राजस्व समेत हानी नोक्सानी पु¥याई सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियम विपरित कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो ।

सहकारीका वर्तमान र पुर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यहरुलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा र १९ जना फरार छन् । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी, वकिल कार्यालय र अदालतले पक्राउ नपरेका आरोपितहरुको नाम सार्वजनिक गरेका छैनन् ।

छ हजार बचतकर्ता रहेको वि.स. २०६५ मा खुलेको कुमारी सहकारीको सहकारीको पैसाबाट सञ्चालकहरुले ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानविन र जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस