विदेश र बजारबाट गाउँ फिरेका सिमका खत्रीको रैथाने धान खेती

Shreekrishna hardware

सन्तोष गौतम
बेनी ः रोजगारीको शिलशिलामा तीन वर्ष सिङ्गापुर र पाँच वर्ष साइप्रसमा बिताएका म्याग्दीको मङ्गला गाउँपालिका–२ सिमका धु्रब खत्रीका परिवारको बसोबास वि.स. २०७६ अघि पोखरामा थियो । कोरोना महामारी फैलिएपछि रोकथामका लागि गरिएको बन्दाबन्दीका समयमा पोखराबाट जन्मथलो आउनुभएका केसीको बसाई पछिल्लो पाँच वर्षयता सिम गाउँमा छ ।

“हाम्रा हजुरबुवाका पाँच परिवार सन्तान हामीहरु विदेश र सहर पसेपछि यहाँको खेतीयोग्य जमिन कजाउन अरुलाईनै अधिया र बन्दकी दिएका थियौ,” उहाँले भन्नुभयो “कोरोनापछि गाउँ फर्किएर मेरो पुरख्यौलीका साथै दाजुभाईको एक सय रोपनी जग्गा भाडामा लिएर रैथाने जातको धान खेती गर्दै आएको छु ।”

सिम काजी ब्रर्दश भेन्चर प्रा.ली. मार्फत रैथाने गौरीया, जेठोबुढो धान, मकै र गहुँ खेतीका साथै खत्रीले भैसीपालन गर्नुभएको छ । म्याग्दी नदीको किनारमा सिचाईको सुविधा भएको उर्वरायुक्त सिम, सिमलचौर, बाबियाचौर, पोक, सातविसे, सेरा, पिपलबोट, रणवाङ्ग र छिस्वाङको फाँट जिल्लाकै राम्रो खाद्यबाली हुने जमिन मानिन्छ ।

Shreekrishna
default

खत्रीका पुर्खाहरुले तीन सय वर्षअघि पोखराबाट आएर सिममा जग्गा किनेका थिए । खत्रीले यस वर्ष एक सय मुरी धान फलाउनुभएको छ । बिक्री नहुने धानलाई चामल बनाउन घरमै विद्युतबाट चल्ने मिल राख्नुभएको छ । “घरमा आवश्यक पर्ने २५ मुरी राखेर ७५ मुरी बिक्री गर्छु,” खत्रीले भन्नुभयो “धान प्रतिपाथी रु. चार सय र चामल प्रतिपाथी रु. एक हजारका दरले बिक्री हुन्छ ।”

पकाउदाँ घरबाहिरै छुट्टै किसिमको मगमग बास्दा आउने र खाँदा स्वादीलो हुने गौरीया जातको धान म्याग्दीको रैथाने बाली हो । सहर बजारका तारे होटल देखि घरानीया ब्यापारी, उच्च तहका नेता, कर्मचारीहरु गौरीया धानको चामलका उपभोक्ता हुन् ।

“गौरीया धान पाक्दा खेतनै बसाउँछ । भान्छा कोठामा गौरीयाको भात पकाउदा आगनसम्मै बास्ना आउँछ,” खत्रीले भन्नुभयो “गौरीयाको भात खाईरहेकालाई अरु धानको भात रुच्दैन्् । गौरीयानै खोज्छन् ।” स्थानीयबासीहरुका अनुसार चार पुस्ता अघिदेखि खेती हुदै आएको गौरीयाको वैज्ञानिक र अंग्रेजी नाम अझै पहिचान भएको छैन् ।

Ban devision notice

म्याग्दी नदीको तटीय क्षेत्रमा पर्ने गैरीखेतमा खेती हुने भएकाले गौरीया नाम राखिएको पिपलबोटका कृषक छवीलाल कडेल बताउनुुहुुन्छ । गौरीया धानको चामल भात, पुलाउ, खिर र सेलरोटी बनाउने पिठोका लागि उपयुक्त हुुन्छ । न्यानो ठाउँमा हुने गौरीया धानको बोट अग्लो हुन्छ र सिचाईका लागि धेरै पानी आवश्यक पर्छ । असारको १५ गते रोपीने गौरीया कात्तिक १५ गतेको आसपासमा पाकेर भित्र्याउने हुन्छ ।

गौरीया धानको दाना अरु जातको भन्दा सानो हुन्छ । अन्य जातको तुलनामा गौरीयाको उत्पादकत्व कम हुुन्छ । पकाउदा भात बढी देखिने गौरीया उपभोग गर्दा आडिलो पनि हुने उपभोक्ताको अनुभव छ । सुुत्केरी, किरिया बसेकाहरुलाई गौरीया धानको चामलको भात उपभोगी हुुने बताइन्छ ।

पोखराको घर जग्गा छोराछोरीको जिम्मा लगाएका खत्रीले सिममा खाद्यबालीको साथै भैसीपालन र बेनी–दरवाङ सडक छेउमा किराना पसल सहितको रेष्टुरेन्ट सञ्चालन गर्नुभएको छ । वार्षिक रु. १० लाख भन्दा बढीको धान, चामल, दूध, खुसीबोका र कुखरा बिक्री हुने खत्रीले बताउनुभयो । एक वटा स्थानीय लिमे–पारकोटे र दुई वटा उन्नत मुर्रा जातको भैसीसँगै खत्रीले खसीबोका उत्पादन गर्न बाख्रा पनी पाल्नुभएको छ । हाल दैनिक १० लिटर दूध बिक्री गर्ने उहाँले भैसीको संख्या बढाउने सोचमा हुनुहुन्छ ।

खत्रीकी श्रीमतिले उहाँलाई खेतीपाती र ब्यवसायमा साथ दिनुभएको छ । एक जनालाई नियमित र भित्र्याउने समयमा अरु धेरै जनालाई रोजगारी दिनुभएको छ । वैदेशिक रोजगारको बढ्दो आकर्षणका कारण खेतबारीमा काम गर्ने जनशक्ति नपाउने, ज्यालाको मूल्य बढ्नु, तापक्रम वृद्धिका कारण खेतीपात्रो परिवर्तन हुनुलाई खत्रीले चुनौतिका रुपमा लिनुभएको छ ।

पुर्खाहरुले तीन सय वर्षअघि बनाएको घरमा ‘होमस्टे’ सञ्चालनको तयारी गरेका खत्रीले पाहुनालाई रैथाने गौरीया धानको भात, भैसीको दूघदही, कुखुरा र खसीबोकाको मासुका परिकार चखाउने योजना बनाउनुभएको छ । सिमलाई कृषि, पर्यटकीय गाउँको रुपमा विकास गर्ने सामाजिक गतिबिधीमा पनि जोडिएका खत्रीको योजना छ । बेनी देखि १२ दशमलब पाँच किलोमिटर पश्चिमतर्फ कालोपत्र सडकको पहुँच भएको सिम प्राकृति उपचार स्थल सिंगा तातोपानी देखि चार दशमलब पाँच किलोमिटर नजिक छ ।

रोजगारी, अवसर र सुविधाका लागि धेरै नेपालीहरु सहरमा बसाई सराई र विदेशिने क्रम बढीरहेका बेला विदेश र बजारबाँट गाउँ फिरेका खत्रीले सकारात्मक सन्देश दिनुभएको छ । सिम, कोत्रवाङ र तोराखेतमा सिचाई सुविधाका लागि गण्डकी प्रदेश सरकारको लगानीमा घुरेनी कोत्रवाङ सिचाई योजना निर्माणाधिन छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...