कुमारी सहकारी अपचालन मुद्दाका आरोपितहरुसँग अदालतले बयान लिन थाल्यो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रु. एक अर्ब भन्दा बढी हिनामिना र अपचलन सम्बन्धी मुद्दाका आरोपितहरुसँग जिल्ला अदालत म्याग्दीले आइतबारदेखि बयान लिन शुरु गरेको छ ।

सरकारी वकिल कार्यालय म्याग्दीले यही फागुन १५ गते रु. एक अर्ब १३ करोड बिगो दावी गर्दै जिल्ला समन्वय समितिका प्रमुख समेत रहेका सहकारीका पुर्वसञ्चालक राजकुमार थापा सहित २५ जनालाई विपक्षी बनाएर अभियोगपत्र दर्ता गरेको थियो ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा पहिलो दिन हिरासतमा रहेकी सञ्चालक सहकारीका सचिव देवीकुमारी थापाको बयान सकिएको म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले जानकारी दिनुभयो । सोमबारपनि थप अरोपितहरुको बयान लिइने र बयान सकिएपछि थुनछेक बहस हुने उहाँले बताउनुभयो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा उनिहरुविरुद्ध संगठित रुपमा सहकारीमा निक्षेप रहेको शेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋण वापतको रकम, नेपाल सरकारको राजस्व समेत हानी नोक्सानी पु¥याई सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियम विपरित कार्य गरेको अभियोगमा मुद्दा चलाइएको हो ।

सहकारीका वर्तमान र पुर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यहरुलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका पाँच र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा र १९ जना फरार छन् । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी, वकिल कार्यालय र अदालतले पक्राउ नपरेका आरोपितहरुको नाम सार्वजनिक गरेका छैनन् ।

कुमारी सहकारीका पुर्व सचिव, उपाध्यक्ष र ऋण समितिको पदाधीकारी राजकुमार थापा, पुर्व प्रबन्धक रुद्र गुरुङ, सचिव देवीकुमारी थापा, पुर्व अध्यक्ष मनप्रसाद थजाली र थमबहादुर गर्बुजालाई २०८१ माघ २० गते र लेखासमितिका पुर्व सदस्य लोकबहादुर पुन (लोकेश)लाई यही फागुन ७ गते प्रहरीले पक्राउ गरेको थियो ।

छ हजार बचतकर्ता रहेको वि.स. २०६५ मा खुलेको कुमारी सहकारीको सहकारीको पैसाबाट सञ्चालकहरुले ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानविन र जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...