मुस्ताङको छेङ्गुर–झोङ मोटरेबल पुल निर्माणका लागि बजेटको स्रोत सुनिश्चित

Gandaki Kotihome

जोमसोम ः गण्डकी प्रदेश सरकारले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छेङ्गुर–झोङ मोटरेबल पुल निर्माणका लागि रु. नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चित गरेको छ ।

आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि रानीपौवा–झोङ–तेताङ सडक अन्तर्गत छेङ्गुर र झोङको सिमाना भएर बग्ने झोङखोलामा मोटरेबल पुल बनाउन स्रोत सहमति दिएको हो ।

मुस्ताङ १(२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य बिकल शेरचनले चालु आर्थिक वर्षमा रु. एक कारेड २५ लाख बजेट बिनियोजन भएको उक्त योजनाका लागि रु. ५८ लाख बजेट थप गर्न लगाएर बहुबर्षीय ठेक्का लगाउन स्रोत सुनिश्चितता गराएको जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“मेरै सिफारिसमा गत वर्षा प्रदेश सरकारले रु. दश करोड स्रोत सुनिश्चितता भएर निर्माणाधिन रानीपौवा–झोङ–तेताङ सडकमा नियमित र सहज रुपमा यातायात सञ्चालनका लागि मोटरेबल पुल बनाउन पनि सिफारिस गरेको हो,” उहाँले भन्नुभयो “कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिने यो सडकमा पर्ने छेङ्गुरमा हाइ अल्टिच्युड खेलमैदान बनाउन जग्गा प्राप्ति गरेर गण्डकी प्रदेशको रणनीतिक योजनामा समावेश गरिएको छ ।”

अर्थ मन्त्रालयबाट स्रोत सहमति पाएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई झोङखोलामा ३० मिटर लामो मोटरेबल पुल निर्माणका लागि ठेक्का आव्हान गर्ने बाटो खुलेको छ । प्रदेश सभा सदस्य शेरचन र नम्दु गुरुङको सिफारिसमा यसअघि दुई सडकलाई रु. पाँच÷पाँच करोड बजेटको स्रोत सुनिश्चिता भइसककेो छ ।

Annapurna aarohan ko notice

घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको छ । दुई वटै सडक पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण छ ।

करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडकमा पर्ने मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ । परापुर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिवुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ ।

याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ् । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ ।

हिन्दु र वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुने मुस्ताङ १(१) बाट निर्वाचित प्रदेश सांसद गुरुङले बताउनुभयो । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व भएको उहाँले बताउनुभयो ।

गत वर्ष वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु. १०÷१० करोड बजेटको योजना शुरु भएको थियो । दुई वटै योजना ठेक्का मार्फत निर्माणाधिन रहेका पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख अजय श्रेष्ठले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...