गलेश्वर लगायत म्याग्दीका शिवालयहरुमा भक्तजनको भिड

Gandaki Kotihome

बेनी, । महाशिवरात्री पर्वको अवसरमा बुधबार बेनी नगरपालिका–९ मा रहेको गलेश्वर लगायतका शिवालयहरुमा दिनभर भक्तजनको घुइचो लागेको छ ।

हिन्दु धर्मावलम्बीहरुको भगवान शिवको प्रिय दिन मध्य एक शिवरात्रीको अवसरमा दिनभर ब्रत बसेका भक्तजनहरु साँझ धुनी जगाएर भजनकिर्तन सहित जाग्राम बसेर आरधना गर्दैछन् । गलेश्वरका साथै म्याग्दीका ग्रामिण क्षेत्रमा रहेका शिव मन्दिरहरुमा भक्तजनहरुले पुजाआजा र भजनकिर्तन गरेका हुन् ।

दिनभर पुजाआजा भएको गलेश्वरमा साँझ बत्ती बालेर जाग्राम बस्ने भक्तजनहरुको बाक्लो उपस्थिति रहेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । गलेश्वरमा करिब ३० हजार जनाले दर्शन र पुजाआजा गरेका अध्यक्ष रेग्मीले बताउनुभयो ।

Shreekrishna hardwear in news

अनुकुल मौसम, खेतीबाली लगाउने र भित्र्याउने समय नभएकाले गाउँघरमा फुर्सद भएको, सार्वजनिक बिदाका कारण विद्यालय, क्याम्पस छुट्टि भएको, सहज यातायातको सहजता, प्रचारप्रसार र गलेश्वरको महिमा बृद्धिका कारण टाढा टाढाबाट भक्तजनहरु गलेश्वर आएका अध्यक्ष रेग्मीले बताउनुभयो ।

Notice about ban dadalo

यसपालीको शिवरात्रीको तिथि राम्रो भएकाले पनि भक्तजनहरु दर्शनका लागि आएका हुन् । २६ वटा उपसमिति गठन गरेर कोषका पदाधीकारी, जिल्ला प्रहरी, शसस्त्र प्रहरी, आमा समूह, क्लवका प्रतिनिधी र स्वमसेवकहरुलाई परिचालन गरेर पुजालाई ब्यवस्थित, सुरक्षित बनाइएको थियो ।

पवित्र कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलको एउटै चक्रशिलामा फैलिएको गलेश्वरधामको दर्शन गरेमा मनोकाक्षा पुरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । शिवरात्रि पर्वको अवसर पारेर गलेश्वरधाममा भगवान शिव महादेवको स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गको पूजाअर्चना गर्न म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवनलगायत जिल्लाबाट श्रद्धालु भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

गलेश्वर मन्दिर परिसरमा दिनभरजसो शिवजीको पूजा आराधना गर्ने र रातको समयमा बत्ती बालेर जाग्राम बस्ने, भजनकीर्तन गर्ने, धुनी जगाउने तथा भगवान् शिवको प्रिय मानिने महाप्रसाद ग्रहण गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ । महाशिवरात्रि पर्वलाई भव्य र सभ्यरूपमा मनाउन र पूजा व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको कोषले जनाएको छ ।

यसैगरी म्याग्दी सदरमुकाम बेनीबजारमा रहेको बेनी शिवालय मन्दिरमा पनि बुधबार बिहानैदेखि भक्तजनको चहलपहल देखिएको थियो । शिवरात्रि पर्वको अवसरमा श्रद्धालु भक्तजनलाई सहजरूपमा पूजाआजा गर्ने व्यवस्था मिलाइएको बेनी शिवालय मन्दिर संरक्षण समितिले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...