ठेक्का अवधी सकिएपनि कालीपुलको सडक कालोपत्र भएन्

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, ः म्याग्दी जिल्लाको प्रवेशद्धारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रको सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको योजनाको अवधी सकिएपनि काम शुरु भएको छैन् ।

चिन र भारत जोड्ने राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुल देखि बगरफाँट जोड्ने झोलुङ्गे सम्म पाँच सय मिटर सडकलाई ११ मिटर चौडाईका दरले अक्सफाल्ट प्रविधीको कालोपत्र गर्न बेनीको सक्षम ब्रर्दश प्रा.लीले ठेक्का लिएको थियो ।

रु. ९२ लाख ४१ हजारमा २०८१ भदौ १४ गते उक्त कम्पनीसँग भएको सम्झौताको अवधी गत माघ मसान्तमा सकिएपनि कालोपत्र नगरेपछि जरिवाना तिराउन थालिएको योजना प्रमुख धु्रबकुमार झाले बताउनुभयो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“निर्माण कम्पनीले कालोपत्र गर्न बेवास्ता गरेपछि फागुन १ गतेदेखि लागु हुने गरि कुल ठेक्का सम्झौता रकमको दैनिक ०.०५ प्रतिशतका दरले हर्जना तिराएका छौ,” उहाँले भन्नुभयो “ठेक्का सम्झौता रकमको १० प्रतिशतसम्म जरिवाना तिराउन पाउने सार्वजनिक खरिद ऐनमा भएको ब्यवस्थाले दिएको अधिकार प्रयोग गरिका हौ । भुक्तानी गर्ने समयमा जरिवाना रकम घटाउछौ, काम नगरे जमानत बसेको बैङकबाट असुल हुन्छ ।”

सम्झौता लगत्तै कार्यस्थलमा आएको निर्माण कम्पनीले पुरानो कालोपत्र भत्काएर बेस र सबबेस राख्ने र गत महिना बिटुमिन बिछ्याएको थियो । उक्त कम्पनीको कालोपत्र गर्ने उपकरण नभएको र अरुका उपकरणमा निर्भरपर्दा ढिलाई भएको बेनी नगरपालिका–८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताउनुभयो ।

को सडक कालोपत्रमा ढिलाई गर्दा स्थानीयबासीलाई धुलोले सास्ती हुनुका साथै समग्र जिल्लाकै बारेमा नकारात्मक सन्देश प्रवाह भएको उहाँले बताउनुभयो । यसअघि वि.स. २०७६ चैतमा गरिएको डिबिएसडी प्रविकिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने, धुलो छ । सक्षम ब्रर्दशका सञ्चालक मनोज कार्कीले काठमाडौबाट अक्सफाल्ट गर्ने उपकरण र निर्माण सामग्री ल्याएर आउन लागेको बताउनुभयो ।

पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा देखि म्याग्दी हुदै मुस्ताङ स्थित चिनको सिमाना कोरला नाका जोड्ने दुई सय दुई किलोमिटर सडक कालोपत्र र ग्राभेल गर्न आर्थिक वर्ष २०७३÷०७४ देखि सुरु भएको बेनी–जोमसोम–कोरला सडक योजनाको ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...