
बेनी । नेपाल मगर विद्यार्थी संघ जिल्ला कार्यसमिति म्याग्दीको शनिबार बेनीमा सम्पन्न दशौ जिल्ला अधिवेशनबाट भरत अर्मजाको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा अस्मिता पुर्जा मगर, सचिवमा साजन पुन मगर, सहसचिवमा थबहादुर पुन मगर र कोषाध्यक्षमा मेघना गर्बुजा मगर चयन हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा दिजन पुन मगर, किस्मा मगर, सलिना खोरजा मगर, समिक्षा थापा मगर, अनिल पाइजा मगर, समिता पुन मगर, रुविसरा पुन मगर, आइस्मा पुन मगर, मेलिना पाइजा मगर, सिमरन अर्मजा मगर, एन्जल पुन मगर, मेघना गर्बुजा मगर, महेन्द्र फगामी मगर, नेत्र फगामी मगर, सुजन बुढाथोकी मगर, विशाल घर्ती मगर र दिक्षा शेरपुञ्जा मगर चयन हुनुभएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व मन्त्री रेशमबहादुर जुग्जालीले अधिवेशनको उद्घाटन गर्नुभयो ।



उहाँले देशको हरेक परिवर्तनमा मगर लगायत आदिवासी जनजाती समुदायको योगदान महत्वपुर्ण रहे पनि राज्यको महत्वपुर्ण निकाय, संघ संस्था लगायत क्षेत्रमा कमजोर उपस्थिति रहेको बताउनुभयो । हरेक विद्यार्थी, युवामा राजनितिक चेतना हुन आवश्यक रहेको उहाँले जोड दिनुभयो । डा.महाविर पुन ,सन्दुक रुइत ,कुलमान घिसिङ लगायत व्यक्तीहरुको उदाहरण दिँदै पुर्व मन्त्री जुग्जालीले आदिवासी जनजाती बढी इमानदार भएको दाबी गर्नुभयो ।
पछिल्लो समय सहकारीको विषयमा मगर समुदायका अगुवाले नेतृत्व गरेको सहकारीलाई मात्र बदनाम गर्न लागिपरेको उहाँले गुनासो पोख्नुभयो । ‘‘अहिले मगर समुदायका अगुवाहरुले सञ्चालन गरिरहेको कुमारी बहुउद्धेश्यीय सहकारीलाई मात्र टार्गेट गरेको देखिएको छ । त्यसो होइन भने अन्य झनै संकटग्रस्त सहकारी सञ्चालकलाई किन जोगाइया,’’ उहाँले प्रश्न गर्नुभयो ।
साथै उहाँले प्रशासनिक क्षेत्रमा उपस्थिति बढाउन मगर समुदायका विद्यार्थीहरुलाई लोकसेवा आयोग तयारी कक्षा लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्दै आफुले सहयोग गर्ने सांसद जुग्जालीले प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष विष्णु आले मगर, मगर संघ गण्डकी प्रदेश सदस्य टकसरा राना मगर, मगर संघ गण्डकी प्रदेश सदस्य हिरा पुन मगर, नेपाल मगर संघ जिल्ला समन्वय समिति उपाध्यक्ष खम थापा मगर र नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष कृष्ण अठार मगरले सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
