पुलस्त्य पुलह क्षेत्र विकास कोषको अधिवेशन

Gandaki Kotihome

बेनी, । बेनी नगरपालिका–५ मा रहेको पुलस्त्य पुलह (पुलाश्रम) क्षेत्र विकास कोषको नवौ अधिवेशन सम्पन्न भएको छ ।

पुलाश्रम मन्दिर परिसरमा सम्पन्न अधिवेशनले कोषको अध्यक्षमा लिलाबहादुर बानियालाई दोहो¥याएको छ । उपाध्यक्षमा भीमबहादुर बानिया, तेजप्रकाश बानिया, सचिवमा माधवप्रसाद रेग्मी, सहसचिवमा रामबहादुर बानिया र कोषाध्यक्षमा रामचन्द्र शर्मा पौडेल चयन हुनुभएको छ ।

Notice about ban dadalo

सदस्यहरुमा टेकबहादुर बानिया, लक्ष्मण बानिया, रामबहादुर बिक, जुना बानिया, कमला बानिया, यामबहादुर थापा दर्जी र रामचन्द्र पौडेल चयन हुनुभएको कोषले जनाएको छ । अधिवेशनको अनन्त श्री विभुषित जगदगुरु रामानुजाचार्य त्रिदण्डी स्वामी हिमालय बाबाजीले उद्घाटन गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

कोषले त्रिदण्डी स्वामी हिमालय बाबालाई पुलस्त्य क्षेत्र विकास कोषको प्रमुख संरक्षकत्व ग्रहण गरिदिन गरेको आग्रहलाई स्विकार गर्दै त्रिदण्डी स्वामीजीले यस क्षेत्रको धार्मिक महिमा र धार्मिक पर्यटन प्रर्वद्धन गर्न लाग्ने वचन दिनुभयो ।

ब्रम्हाले मनुस्य जगतको सृष्टिका क्रममा यस पुलाडाडामा आफ्नो कानबाट पुलह र नाभीबाट पुलस्त्य ऋणी मानस पुत्रको रुपमा जन्म दिएको र कालन्तरमा पुलस्त्य ऋषीबाट विश्रवा र विश्रवाबाट कुवेर, रावण, कुम्भकर्ण र विभिष्णको पुलाडाडामा जन्म भएको दावी गरिएको छ । सोही आधारमा पुलाश्रमलाई पौराणीय तपोभूमि मानिन्छ । यहाँ बेनी नगरपालिकाले रावण पार्क निर्माण गरिरहेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...