हिउँ चितुवा गाउँ पस्न थाले

Gandaki Kotihome

निरज थकाली
जोमसोम, । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ समरका नविनकुमार गुरुङ (नाम्गेल )को च्याङग्राको खोरमा गए रात्ति बिहिबार साढे १० बजे हिउँ चितुवा पसेको थियो ।

उक्त हिउँ चितुवाले चार वटा च्याङ्गग्रा मारेको स्थानिय तेजमान मगरले बताउनुभयो । उक्त हिउँ चितुवा पाँच फिट अग्लो छतमा रहेको जालीको सानो प्वालबाट छिरेको मगरले बताउनुभयो ।

हिउँ चितुवाले उक्त च्याङ्गग्राहरुलाई आक्रमण गर्ना साथ गोठाला तथा स्थानियले थाहा पाएका थियो । जसको कारण धेरै मात्रमा क्षति हुन सकेन् । हिउँ चितुवाले गुरुङको खोरमा रहेका तीन सय ३३ मध्य चार वटा च्याङग्रा मार्दा रु. ८० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

तस्विर तेजमान मगर

स्थानियबासीले सुचना दिएपछि खोरमा पसेको चितुवालाई इलाका प्रहरी कार्यालय छुसाङबाट खटिएको प्रहरी सेना, एक्यापका कर्मचारी र स्थानीयबासीहरुको टोलीले बिहान ६ बजे नियन्त्रणमा लिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप लोमानथाङ्ग कार्यालय प्रमुख उमेश पौडेलले बताउनुभयो ।

उक्त हिउँ चितुवालाई फलामको खोरको पासोमा पारेर नियन्त्रणमा लिई प्रहरी र कर्मचारीहरुको उपस्थितिमा प्राकृतिक बास्थानमा लगेर छाडिएको पौडेलले जनाएको छ ।

पछिल्लो समय मुस्ताङमा हिउँ चितुवाले गाउँ भित्र र बाहिर घोडा, खच्चड, भेडा, च्याङग्रा र चौरीको गोठमा पसेर क्षति पु¥याउन थालेको छ । यस अघि ढाक्मरमा ७७ र म्हराङ्गमा एक सय चार वटा च्याङ्गग्रा एकै रातम मारेको थियो ।

आहराको खोजीमा वस्ति र गोठमा हिउँ चितुवा आउन थालेको बताइएको छ । सन २०२४ मा ११ वटा हिउँ चितुवा मुस्ताङ्ग जिल्ला बस्ति र वरपरका क्षेत्रहरुमा देखिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...