कुमारी सहकारी हिनामिना प्रकरणको छानविनका लागि लोकेश पुन पनि पक्राउ

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको करिब रु. एक अर्ब पचास करोड रकम अपचलन सम्बन्धी मुद्दामा छानविनका लागि प्रहरीले थप एक जनालाई पक्राउ परेको छ ।

बेनी नगरपालिका–४ का लोकेश पुनमगरलाई पक्राउ गरि बिहिबार जिल्ला अदालत म्याग्दीबाट फागुन १३ गतेसम्मका लागि म्याद थप गरि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर पौडेलले मङगलवार पक्राउ परेका पुनलाई यसअघि माघ २० गते पक्राउ परेका अन्य पाँच जनासँगै अदालत उपस्थित गराउने गरि म्याद थप भएको बताउनुभयो ।

Shreekrishna

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले छ हजार बचतकर्ता रहेको कुमारी सहकारीको रु. एक अर्ब ४९ करोड अपचलनमा संलग्न पुनलगायतलाई सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धान गरि मुद्दा चलाउन प्रहरीलाई सिफारिस गरेको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

सहकारीका पूर्व सञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालिन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पुर्व अध्यक्ष मन प्रसाद थजाली, थमबहादुर गर्वुजा र सञ्चालक देवी कुमारी थापालाई गत माघ २० गते पक्राउ र अदालतमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि हिरासतमा राखेको छ ।

उनिहरुलाई अनुसन्धानका लागि पहिलो पटक तीन दिन, माघ २३, २८ र फागुन ४ गते सात÷सात दिनको दरले म्याद थप गरिएको म्याग्दी जिल्ला अदालतका श्रेष्तेदार भोलाराज रेग्मीले बताउनुभयो । एउटै मुद्दाका आरोपीलाई प्रहरीले २५ दिन भन्दा बढी हिरासतमा राख्न पाउदैन् ।

सहकारी रजिष्ट्रारको कार्यालयले गरेको एक सय १९ पृष्ठको छानविन प्रतिवेदन अनुसार वि.स. २०६५ मा खुलेको कुमारी सहकारीमा दुई कार्यकाल सचिव र वि.स. २०७९ मा जिसस प्रमुख निर्वाचित हुनुअघिसम्म उपाध्यक्ष रहेका थापाको योजनामा बचतकर्ताको रकम व्यक्तिगत स्वार्थमा नियम विपरित प्रयोग भएको उल्लेख छ ।

गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट बेनी नगरपालिका–१ का वडा सदस्य हुदै जिसस प्रमुख निर्वाचित भएका थापा उक्त पार्टीको जिल्ला कमिटिको पूर्व उपसचिव पनि हुनुहुन्छ । पुन बेनीको कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाको प्रबन्धक हुन् । कस्तुरी सहकारीले पनि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको गुनासो गरेका छन् ।

प्रतिवेदन अनुसार बुद्ध एकेडेमीमा सहकारीबाट बिनाधितो रु. १६ करोड ऋण लगानी गरेका थापा र पुनले सहकारीबाट थप रु. १८ करोड निकालेर पर्वतको जलजला गाउँपालिकामा जग्गा किनेका छन् । यसैगरी सहकारीबाट बिनाधितो रु. १० करोड निकालेर थापा, पुन, गेमबहादुर घर्ती र मनप्रसाद थजालीका नाममा जग्गा खरिद भएको छानविनका क्रममा भेटिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...