कुमारी सहकारी प्रकरण ः हिरासतमा रहेकाको चौथो पटक सात दिन म्याद थपियो

khali

बेनी, ः बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहित पाँच जनालाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत, म्याग्दीले चौथो पटक अनुमति दिएको छ ।

शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा माघ २० गते पक्राउ परेका उनिहरुलाई तेस्रो पटक म्याद थपका लागि प्रहरीले सोमबार अदालत पेश गरेको थियो ।

जिल्ला अदालत म्याग्दीका श्रेष्तेदार भोलाराज रेग्मीले उनिहरुलाई अनुसन्धानका लागि थप सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको बताउनुभयो । यसअघि पहिलो पटक तीन दिन, दोस्रो पटक माघ २३ गते सात दिन र तेस्रो पटक माघ २८ गते सात दिनको म्याद दिएको थियो । एउटै मुद्दाका आरोपीलाई प्रहरीले २५ दिन भन्दा बढी हिरासतमा राख्न पाउदैन् ।
सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको वि.स. २०६५ मा खुलेको कुमारी सहकारीको रु. एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

Shreekrishna hardwear in news
khali

सहकारीका पूर्व सञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालिन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पुर्व अध्यक्ष मन प्रसाद थजाली, थमबहादुर गर्वुजा र सञ्चालक देवी कुमारी थापा प्रहरीको हिरासतमा छन् ।

बेनी नगरपालिका–१ का ३६ वर्षीय थापा गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएको थियो । उनिहरुमाथी बचतकर्ताहरुको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले कुमारी सहकारीका बचतकर्ताहरुलाई सोमबार दोस्रो पटक सूचना जारी गरेर सहकारीमा फसेको पैसाको प्रमाण सहित उजुरी गर्न आग्रह गरेको छ । यसअघि माघ २१ गते पनि सूचना जारी गरेर उजुरीको लागि अनुरोध गरेको थियो । केही दिन उजुरी दिन प्रहरीमा बचतकर्ताको भिड लागेपनि पछिल्लो समय बचतकर्ताहरुलाई उजुरी नगर्न दवाव परेपछि घटेका बताइएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...