मोनाको स्थापना दिवसमा स्रोत कक्षलाई सहयोग

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समितिले पहिलोपटक मोना डे मनाएको छ ।

१५ औं मोना स्थापना दिवसको अवसरमा जिल्लाका सामुदायिक विद्यालयहरूमा सञ्चालित विशेष स्रोत कक्षाका विद्यार्थी अध्ययनरत तीनवटास्रोत कक्षाका ४२ विद्यार्थीलाई सोमबार एक कार्यक्रम गरी न्यानो कपडा, झोला, स्टेशनरी सहित शैक्षिक साम्रागी र कक्षा कोठा सजावटका साम्रागी सहयोग गरेको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

रघुगंगा गाउँपालिका–३,मौवाफाँटस्थित ज्ञानोदय माविका दृष्टिविहिन विद्यार्थीलाई झोला, न्यानो कपडा, बेनी नगरपालिका–५, बालजागृति आधारभुत विद्यालय बगुवाखोलामा बौद्धिक अपाङ्गता विद्यार्थीलाई स्टेशनरी, झोला, र बेनपा–४, धौलागिरी मावि सिङ्गामा बहिरा बालबालिकालाई झोला, स्टेशनरी र कक्षाकोठा सजावटका लागि साम्रागी सहयोग गरिएको छ । सोही अवसरमा ज्ञानोदय माविका दृष्टिविहिन विद्यार्थीलाई प्रमुख अतिथि मोना आइइसीका संस्थापक अध्यक्ष प्रकाश पुनले ब्रेल लिपिको माध्यमबाट पढ्ने दृष्टिविहीन र न्यूनदृष्टि भएका विद्यार्थीलाई १० हजार सहयोग गर्नुभएको थियो ।

Shreekrishna

संस्थापक अध्यक्ष पुन, मोना आइइसीका संरक्षक एवम् पूर्व अध्यक्ष चक्रबहादुर थापा, मोना कुवेतका अध्यक्ष दिपक छन्त्याल, मोना दक्षिण कोरियाका महासचिव दिनेश केसी, मोना सचिवालयकी प्रमुख स्मृति सुबेदीले वितरण गर्नुभएको थियो । विशेष प्रकारको अपाङ्गता भएका बालबालिकाले अध्ययनरत स्रोत कक्षाहरूका आवश्यकता अनुसार सहयोग गरिएको थियो । सहयोग हस्तान्तरणका प्रमुख अतिथि मोनाका संस्थापक अध्यक्ष प्रकाश पुनले म्याग्देलीले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा विभिन्न क्षेत्रमा सहयोग गदैं आइरहेको बताउनुभयो ।

उहाँले विश्वभर छरिएका म्याग्देलीलाई एकजुट बनाएर जिल्लामा लगानीमैत्री वातावरण बनाउने तथा समुदायस्तरका समस्यालाई समेत प्राथमिकता दिने बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा बेनपा–४ का वडा सदस्य केन खत्री, वडा नं ५ का सदस्य देबीप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, ज्ञानोदय मावि विब्यस अध्यक्ष हरि सुबेदी, धौलागिरी माविका प्रअ भुवन रेग्मीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।
मोना आइसीका संस्थापक अध्यक्ष पुनको अध्यक्षता, पूर्व सचिव सुवोध बरुवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि भन्ने मुख्य उद्देश्य सहित स्थापित संस्थाको विश्वभर ३२ देशमा राष्ट्रिय कार्यकारी समिति छ ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...