मुस्ताङका दुई वटा सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट रु. १० करोड बजेटको स्रोत सुनिश्चित

Gandaki Kotihome

बेनी, ः गण्डकी प्रदेश सरकारले मुस्ताङका दुई वटा सडक स्तरोन्नतिका लागि रु. १० करोड बजेटको स्रोत सुनिश्चितता गरेको छ ।

मुस्ताङबाट निर्वाचित प्रदेशसभा सदस्य विकल शेरचन र नम्दु गुरुङको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्ष २०८१÷८२ मा ठेक्का प्रक्रीया अघि बढाउने गरि रु. पाँच÷पाँच करोड बजेटको स्रोत सुनिश्चिता गरेको हो ।

शेरचनको सिफारिसमा घरपझोङ गाउँपालिका–२ मार्फादेखि धमाङ– आलुबारी– याकखर्क र गुरुङको सिफारिसमा लोघेकर–दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सम्मको सडक स्तरोन्नति योजना छनौट भएको हो । भौतिक मन्त्रालयले छनौट र अर्थ मन्त्रालयले स्रोत सहमति दिएपछि पूर्वाधार विकास कार्यालय मुस्ताङलाई ठेक्का प्रक्रीया अघि बढाउने बाटो खुलेको छ ।

Shreekrishna hardwear in news

मार्फा देखि याककर्ख सडकको निरिक्षणको क्रममा पूर्वाधार विकास कार्यालयका प्राविधिक टोली सहित प्रदेश सांसद बिकल शेरचन ।

पर्यटन, पशुपालन र कृषिको हिसाबले महत्वपूर्ण भएकाले करिब १३ किलोमिटर दुरीको मार्फा–धमाङ–आलुबारी सडक स्तरोन्नति योजना सिफारिस गरेको प्रदेश सांसद शेरचनले बताउनुभयो । मार्फाको पुरानो वस्ति धमाङमा ठूलो स्याउ बगैचा छ । परापुर्व कालमा मार्फाका बासिन्दाले आलु खेती गर्ने आलुबारी क्षेत्र जडिवुटी खेती र दृष्य अवलोकनका हिसाबले महत्वपूर्ण छ ।

Notice about ban dadalo

याकखर्क धौलागिरी चक्रीय पदमार्ग हुदै म्याग्दी तर्फ जाने र आउने बाटोमा पर्छ । यसबाट धौलागिरी हिमाल आरोहण र पदयात्राका लागि जाने आउने पर्यटकहरुलाई सहज हुनेछ् । याकखर्क, आलुबारी क्षेत्रमा याकचौरीको खर्क छ ।

हिन्दु र वौद्ध धर्मवालम्बीहरुको साझा तिर्थस्थल दामोदर कुण्ड जाने चराङ देखि सुरखाङ–यारा–घारा हुदै घुयुमा ठाटी सडकबाट स्थानीयबासीका साथै दामोदरकुण्ड जाने आउने तिर्थयात्री र पर्यटकहरुलाई सहज हुनेछ् । धार्मिक, पर्यटन र पशुपालनका हिसाबले यो सडकको महत्व छ ।

मार्फाको धमाङको स्याउ बगैचा र सडक । फाइल तस्विर

गत वर्ष शेरचनको निर्वाचन क्षेत्रमा पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको १, २ र ३ नम्बर वडा जोड्ने रानीपौवा–झोङ–तेताङ र गुरुङको निर्वाचन क्षेत्रमा लोमान्थाङको पर्खाल वरपरको सडकलाई पक्की बनाउने रु. १०÷१० करोड बजेटको योजना शुरु भएको थियो ।

रानीपौवा–झोङ–तेताङ सडकलाई कालीगण्डकी कोरिडोरको जोमसोम–कोरला सडकको छुसाङ–कागबेनी खण्डको विकल्पका रुपमा पनि प्रयोग गर्न सकिन्छ । कागबेनी–मुक्तिनाथ–उपल्लो मुस्ताङ आवत जावत गर्न सहज हुनेछ् ।

दुई वटै योजना ठेक्का मार्फत निर्माणाधिन छन् । यस वर्ष झोङ–छेङ्गुर सडकमा पर्ने खोलामा मोटरेबल पुल निर्माणका लागि रु. नौ करोड १२ लाख बजेटको स्रोत सुनिश्चितता गराउने प्रक्रीया अन्तिम चरणमा रहेको प्रदेश सांसद शेरचनले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...