चार हजार आठ सय किशोरीले एचपिभी खोप लगाए

Gandaki Kotihome

बेनी ः म्याग्दीमा करिब चार हजार आठ सय जना किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको छ ।

म्याग्दीका छ वटै स्थानीय तहमा माघ २२ गतेदेखि २९ गतेसम्म एचपिभी खोप अभियान सञ्चालन भएको थियो । अभियान मार्फत चार हजार सात सय ९४ जनालाई (ह्युमन प्यापिलोमा भाइरस) एचपिभी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय, म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख भुवन ठकुराठीले लक्ष्य भन्दा बढी संख्यामा खोप लगाइएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिकामा तीन सय ९७, रघुगङ्गामा पाँच सय दुई, धवलागिरिमा छ सय सात, मालिकामा आठ सय छ, मङ्गलामा पाँच सय ७२ र बेनी नगरपालिकामा एक हजार नौ सय १० जनाले एचपिभी खोप लगाएका छन् ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

“छात्रा तथा किशोरीहरूको उत्साहजन सहभागिताले खोप अभियान सफल भयो,“ ठकुराठीले भन्नुभयो, “खोप अभियानलाई सफल पार्न स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, विद्यालय शिक्षक र सर्वसाधरणहरूको राम्रो सहयोग भयो ।”

जिल्लाभर चार हजार सात सय ६१ जना छात्रा तथा किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा धेरै प्रगति हासिल भएको उहाँले बताउनुभयो । खोप लगाउनका लागि विद्यालय र स्वास्थ्य संस्था गरी एक सय ४२ वटा खोप केन्दको व्यवस्था गरिएको थियो । एक वटा केन्द्रमा एक जना स्वास्थ्यकर्मी र एक जना सहयोगी परिचालन भएका थिए ।

कक्षा छ मा अध्ययन गर्ने नौ सय २२ जना, कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने तीन हजार सात सय ९८ र विद्यालय बाहिरका ६४ जना किशोरीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...