म्याग्दीमा माओवादी केन्द्र र नेकपाले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। म्याग्दीका नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द् नेतृत्वको (नेकपा)ले संयुक्त रुपमा ‘जनयुद्ध’ दिवस मनाउने भएका छन् ।

बेनी स्थित नेकपाको पार्टी कार्यालयमा बुधबार दुई वटै पार्टीका नेताहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर फागुन १ गते बिहिबारको ३० औ जनयुद्ध दिवसलाई संयुक्त रुपमा मनाउन लागिएको जानकारी गराएका हुन् ।

तत्कालीन नेकपा माओवादीले राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको मुद्दा सहित वि.स. २०५२ फागुन १ गते शसस्त्र युद्ध शुरु गरेको थियो । माओवादी घटक दलहरुले हरेक वर्ष फागुन १ गतेलाई छुट्टा÷छुट्टै कार्यक्रम गरेर जनयुद्ध दिवसको रुपमा मनाउदै आएका छन् ।

Shreekrishna

माओवादी घटकहरुलाई एक हुन दवाव र सन्देश दिनका लागि जिल्ला स्तरमा दुई वटा दलले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला संयोजक गोविन्द पौडेलले बताउनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“माओवादीले सञ्चालन गरेको जनयुद्धको जगमा भएको १९ दिने जनआन्दोलनले नेपालबाट दुई सय ३७ वर्षे राजतन्त्र फालेको हो,” उहाँले भन्नुभयो “अहिलेको व्यवस्थाको हकदार माओवादीमा आएको विभाजन र छुटफुटले राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै सामाजिक र आर्थिक रुपान्तरणको मुद्दा कमजोर भएको महशुस गरेर नेताहरुलाई सहकार्य र एकताका लागि दवाव दिन संयुक्त कार्यक्रम गरिएको हो ।”

नेकपाका म्याग्दी–मुस्ताङ इञ्चार्ज धु्रब घिमिरे (राजन सि)ले बिचार मिल्ने पार्टीहरुसँग सहकार्य गर्ने नीति अनुसार म्याग्दीमा माओवादी र नेकपाले संयुक्त रुपमा जनयुद्ध दिवस मनाउन लागेको बताउनुभयो । माओवादीमा आएको विभाजनका कारण अहिलेको ब्यवस्था नरुचाउने, दलाल, पुजिवादी र निराशावादी शक्ति हावी भएको घिमिरेको भनाई थियो ।

दिउँसो नेकपा माओवादी केन्द्रको महारानीथान स्थित पार्टी कार्यालयमा जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान, शहिदको तस्विरमा माल्र्यापण र बिहिबार साँझ बेनीको सहिद चोकमा दिप प्रज्वलन कार्यक्रम गरिने नेकपा म्याग्दीका सेक्रेटरी गोविन्द सिले बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र म्याग्दीका संयोजक सेरबहादुर केसीले चुनाव लड्नु र सरकारमा जानु मात्र माओवादीको लक्ष्य नभएको भन्दै सामाजिक रुपान्तरण र आर्थिक सम्बृद्धिका लागि सुसासनको मुद्दाले लिएर माओवादी जनतामाझ आएको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...