कुमारी सहकारी पिडित बचतकर्ताहरुलाई उजुरी नगर्न दवाव

khali

बेनी ः म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलन सम्बन्धी मुद्दामा उजुरी गर्न आएका पिडित बचतकर्ताहरुलाई दवाव र धम्की दिइएको छ ।

शेयर सदस्य तथा बचतकर्ताको शेयर, बचत तथा संस्थाका कोषहरु हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँच जना सञ्चालक, व्यवस्थापक र कागजातहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन माघ २१ गते सार्वजनिक सूचना जारी गरेर सप्रमाण उजुरी गर्न अपिल गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयमा बचत फिर्ताका लागि उजुरी गर्न जाने क्रममा सहकारीका सञ्चालकहरुले बाटोमा भेटेर उजुरी नगर्न दवाव र धम्की दिनुका साथै विभिन्न प्रलोभन देखाएका पिडित बचतकर्ताहरुले गुनासो गरेका छन् ।

Shreekrishna hardwear in news

दवाव र धम्कीका बावजुद उजुरी दर्ता गराउन जाने पिडित बचत कर्ताहरुलाई बेनी बजारको एक होटलमा राखेर हिरासतमा रहेका व्यक्तिहरु आवद्ध राजनीतिक दलका नेताहरुको उपस्थितिमा उजुरी फिर्ता गराउन दवाव दिएका एक जना पिडितले नाम नछाप्ने शर्तमा जानकारी दिनुभयो ।

हिरासतमा रहेका सहकारीको बचत अपचलन गरेको आरोप लागेका व्यक्तिका आफन्त र सहकारीका केही सञ्चालकहरुले उजुरी गर्न आएका बचतकर्ताहरुलाई प्रहरी कार्यालयमा नजान दवाव दिइरहेको आइतबार जिल्ला प्रहरी कार्यालय बाहिर भेटिएको थियो ।

प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले कुमारी सहकारीका बचतकर्ताहरुबाट उजुरी संकलन भइरहेको र बाहिर भएका गतिबिधीका विषयमा जानकारी नभएको प्रतिक्रिया दिनुभयो । उजुरी दिन आउनेहरुको संख्या ठूलो रहेको उहाँले बताउनुभयो ।

khali

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा सहकारीमा डुबेको बचत रकम फिर्ता दिलाईदिन आग्रह गर्दै उजुरी गर्न आउनेको भिड लागेको छ । दवाव र चलखेलका वावजुद गाउँ गाउँबाट कुमारी सहकारी पिडितहरु उजुरीका लागि गाडी रिजर्भ गरेर बेनी आएका छन् ।

सहकारी सञ्चालक समितिका एक जना सदस्यले धेरै बचतकर्ताहरुले उजुरी गर्दा आफूहरुलाई पनि समस्या पर्ने र पछि बचत फिर्ता गराउन समस्या हुने भएकाले सकेसम्म उजुरी नगर्न र गरेपनि फिर्ता लिन भनेको प्रतिक्रिया दिनुभयो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा छ हजार बचतकर्ता रहेको वि.स. २०६५ मा खुलेको कुमारी सहकारीको रु. एक अर्ब ४९ करोड अपचलन भएको उल्लेख छ । सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउने जस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

अनुसन्धानका लागि प्रहरीले कुमारी सहकारीका पाँच जना सञ्चालक र ब्यवस्थापकलाई माघ २० गते पक्राउ गरेको थियो । माघ २१ गते प्रहरीले सार्वजनिक सूचना जारी गरेर पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दति प्रमाणपत्र लगायत प्रमाणको सक्कल साथमा लिई सम्पर्कमा आउनका लागि अनुुरोध गरेको थियो ।

सहकारीका पूर्व सञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालिन व्यवस्थापक रुद्र गुरुङ, सञ्चालक समितिका पुर्व अध्यक्ष मन प्रसाद थजाली, थमबहादुर गर्वुजा र सञ्चालक देवी कुमारी थापा प्रहरीको हिरासतमा छन् । थमबहादुर बिरामी भएपछि उपचारका लागि मणिपाल शिक्षण अस्पतालमा लगिएको छ ।

बेनी नगरपालिका–१ का ३६ वर्षीय थापा गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट जिसस प्रमुखमा निर्वाचित हुनुभएको थियो । अदालतले अनुुसन्धानका लागि उनिहरुलाई दोस्रो पटक माघ २८ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको छ । उनिहरुमाथी बचतकर्ताहरुको बचत रकम हिनामिना भएको सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...