बेनी, । होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ म्याग्दीको शनिबार सम्पन्न ११ औ साधारणसभा तथा छैटौ अधिवेशनबाट ललिन्द्र थापामगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
संघको उपाध्यक्षमा नीलप्रकाश थापा (सरोज), अमृत सापकोटा, सचिवमा इश्वर भण्डारी, सहसचिवमा दुर्गालाल कडेल, कोषाध्यक्षमा मना तुलाचन र सहकोषाध्यक्षमा नौमती पुर्जा पुन चयन हुनुभएको छ ।
सदस्यहरुमा दिपक भण्डारी, सिता घले, बलबहादुर श्रीस, सिसम श्रेष्ठ, कुमारी गुरुङ, भूपेन्द्र बुढाथोकी, मिना भट्टचन र प्रोजन घिमिरे रहनुभएको छ । बेनी नगरपालिका–४ सोतामा साधारणसभा र अधिवेशन भएको थियो ।

होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ गण्डकीका अध्यक्ष अर्जुन चोखालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, संघका पुर्व अध्यक्ष ताराप्रसाद आचार्य (बाबुराम) लगायतको उपस्थिति थियो ।
